Yug Post

Day: २१ श्रावण २०८१ १६:१४

बंगलादेशमा सैनिक कु 

बंगलादेशमा सैनिक कु 

बंगलादेशमा सैनिक कु भएको छ । देशवासीका नाममा केहीबेर अघि सन्देश जारी गर्दै प्रधानसेनापति वाकेर उज जमानले शासन व्यवस्था लिएको घोषणा गरेका छन्। उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको पुष्टि गर्दै तत्कालै अन्तरिम सरकार गठन हुने पनि घोषणा गरेका छन् । सैनिक कुसँगै प्रधानमन्त्री हसिनाको डेढ दशकको सत्तारोहण समाप्त भएको छ l कोटा प्रणालीको खारेजी माग गर्दै विद्यार्थीले सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबारै देश छाेडेकी थिइन् । प्रधानसेनापतिले धैर्य गर्न सबैमा अपिल गरेका छन् । असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतबार मात्रै कम्तीमा ९८ जनाले ज्यान गुमाएका थिए । सोमबार चार लाखभन्दा बढी प्रदर्शनकारीले…
Read More
बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर हेलिकप्टर बाट भारततिर प्रस्थान ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर हेलिकप्टर बाट भारततिर प्रस्थान ।

काठमाडौं : बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर हेलिकप्टर बाट भारततिर प्रस्थान । आरक्षणविरुद्धको आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएको बीबीसीले जनाएको छ।  राजीनामा दिएपछि प्रधानमन्त्री हसिनाले देश पनि छोडेको बीबीसी समाचारमा उल्लेख छ। प्रधानमन्त्री हसिना बहिनीसँगै देश छाडेकी हुन्। प्रधानमन्त्री हसिना चढेको हेलिकोप्टर भारतर्फ प्रस्थान गरेको बताइएको छ। बीबीसीका अनुसार प्रधानमन्त्री हसिना भारतको अगरतालातर्फ गएकी हुन्। अगरताला भारतको त्रिपुरा राज्यको राजधानी हो। प्रदर्शनकारीहरू सोमबार प्रधानमन्त्री निवासमै छिरेका छन्। निवासमै छिरेपछि असुरक्षित महसुस गरेकी हसिनाले बहिनीसँगै देश छाडेको स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन्। यसैबीच बंगलादेशका सेना प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ। देशको अवस्थाबारे जानकारी दिन…
Read More
सांसद माधव सापकोटा सुबोधको प्रश्न  : लेखा समितिको कार्यालय कहिले देखि भिभान्त होटेल भयो ?

सांसद माधव सापकोटा सुबोधको प्रश्न : लेखा समितिको कार्यालय कहिले देखि भिभान्त होटेल भयो ?

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले सोमबार प्रतिनिधि सभामा बोल्दै उनले सार्वजनिक लेखा समितिको कार्यालय कहिले देखि भिभान्त होटेल भयो भनी प्रश्न गरेका हुन्।  उनले भने, 'मैले अघिल्लो संसदमा लेखा समितिको सभापति ज्यूले झगडा र बक्यौता तिर्न बाँकी रहेका उद्योगीसँग रहस्यमय भेट्नुभयो। यसको उत्तर उहाँले मिडियामा नेपाली नागरिकले मलाई भेट्न चाह्यो मैले भेटे। यो कहीँ प्रश्नको उत्तर हुन्छ । भिभान्त होटेल भनेको कुनै सरकारी कार्यालय हो।  लेखा समितिका लागि सिंहदरबारमा कार्यालय छुट्टाइएको छ। सार्वजनिक लेखा समितिको सभापतिले यदि भिभान्त होटेललाई कार्यालय बनाएको हो भने भन्नु पर्‍यो।' 
Read More

आज रातिदेखि मनसुन थप सक्रिय हुदै

काठमाण्डौ – आज रातिदेखि मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद रोजन लामिछानेकाअनुसार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा केही दिनदेखि बिहान र दिउँसो चर्को घाम लाग्ने गरेकोमा भोलिदेखि भने पानी पर्ने सम्भावना छ । काठमाण्डौमा आज पनि हिजोजस्तै बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसो या बेलुकीपख बदली भएर पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र  कर्णाली  प्रदेशका  पहाडी भेगका केही ठाउँमा राति र बिहान पानी परेको छ । महाशाखाकाअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली  रही सबै प्रदेशका केही ठाउँहरुमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search