Yug Post

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको हो । समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो । समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न हरेक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई ३३ प्रतिशत नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवम् लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने…
Read More
नेपाली कम्युनिस्ट पार्टी रोल्पाले लिवाङमा मंसिर २० गते एकता सन्देश सभा गर्दै

नेपाली कम्युनिस्ट पार्टी रोल्पाले लिवाङमा मंसिर २० गते एकता सन्देश सभा गर्दै

नेपाली कम्युनिस्ट पार्टी रोल्पाले लिवाङको टुडिखेलमा मंसिर २० गते पार्टी एकता सन्देश सभा गर्दैछ। तत्कालीन नेकपा (माओवादी केन्द्र ) , नेकपा (एकीकृत समाजवादी ) लगायत १६ पार्टीहरु मिलेर पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टीले प्रदेश स्तरीय पार्टी एकता सन्देश सभाको आयोजना गरिरहेको छ। त्यस्तै गरि सबै जिल्ला सदरमुकाममा पनि जिल्ला स्तरीय पार्टी एकता सन्देश सभा गर्दै छ। जस अनुसार रोल्पाको सदरमुकाम लिवाङमा मंसिर २० गते सभा हुँदै छ। सभमा जिल्लाका १० वटै स्थानीय तहबाट कार्यकर्ता र जनता लिवाङ जाने गरि तयारी गरिएको छ। जनयुद्धको उदगम स्थलको रुपमा स्थापित रोल्पामा नेपाली कम्युनिस्ट पार्टी हुनलागेको पहिलो सभालाई चासोका साथ हेरिएको छ।…
Read More
धानखोला–लमही चारलेन सडक बनाउनुपर्छ भन्ने विषयमा दलहरु बोलेनन् : प्रकाश शाही

धानखोला–लमही चारलेन सडक बनाउनुपर्छ भन्ने विषयमा दलहरु बोलेनन् : प्रकाश शाही

दाङ । धानखोला–लमही चारलेन सडक निर्माण संघर्ष समितिका संयोजक प्रकाश शाहीले धानखोला–लमहीलाई चारलेनको सडक बनाउनुपर्छ भन्ने विषयमा राजनीतिक दलहरु बोल्न नसकेको बताउनुभएको छ । उहाँले एमसिए नेपालले धानखोला–लमहीसम्म दुई लेनको सडक बनाउन लागेको हुँदा त्यसलार्ई चारलेन बनाउनका लागि राजनीति दलहरुले आफ्नो साझा मुद्धा बनाएर बहस/छलफल चलाउनुपर्ने आवश्यक देखिएको बताउनुभएको हो । उहाँले शुक्रबार घोराहीस्थित पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गरी धानखोला–लमही चारलेन सडक बनाउनुपर्नेसम्बन्धी जानकारी गरानुभएको थियो । उहाँले एमसिए नेपालले निर्माण गर्न लागेको विकास निर्माणको काम राम्रो भएतापनि त्यो विकास निर्माणले त्यहाँको आवश्वता पूरा नगर्ने बताउनुभयो । लुम्बीनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्लाको देउखुरी क्षेत्रमा एमसिए नेपालद्वारा प्रस्तावित…
Read More
पार्टीबाट बिद्रोह गरेका सुदर्शनलाई जिम्मेवार तहबाट उत्तेजक टिप्पणी गरेपछि ,जनकको टिप्पणी

पार्टीबाट बिद्रोह गरेका सुदर्शनलाई जिम्मेवार तहबाट उत्तेजक टिप्पणी गरेपछि ,जनकको टिप्पणी

भखरै विप्लव नेतृत्वको नेकपा माओवादीबाट बिद्रोह गरेका दाङका सुदर्शन शेर्पाली ,दिपेन्द्र ओलि लगायत दर्जन बढी युवाहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि कठिन समयमा महत्त्वपूर्ण भुमिका खेलेका साथीहरूलाई पार्टी छोड्न बितिकै केपि ओली शैलीमा उहाँहरु प्रतिको हल्का र उत्तेजित टिप्पणी गरेको देख्दा अचम्म लाग्छ भन्दै कवि ,लेखक तथा विप्लव नेतृत्वको पार्टीका प्रभावशाली युवा नेता जनक सि सामाजिक संजाल फेस्बुकमा लेख्छन् । मैले चिनेको क सुदर्शन - ´मलाई लाग्छ, २०७२/०७३ सालको कुरो हो। हाम्रो पार्टीको चुनाव बहिष्कार अभियान अन्तर्गत मतदाता नामावली संकलनमा अबरोध पुर्याउने कार्यक्रम थियो। बाघमारेमा सुरक्षा कर्मीसंग केही झडप भए । श्रीगाँउमा झडप भयो । तुल्सीपुर सेन्टर स्कुलमा झडप भयो…
Read More
शरद रसाइलीको नेतृत्वमा रोल्पा त्रिवेणीका रक्तिम सहित बहुमतका १२ जना नेकपामा समाहित

शरद रसाइलीको नेतृत्वमा रोल्पा त्रिवेणीका रक्तिम सहित बहुमतका १२ जना नेकपामा समाहित

शरद रसाइलीको नेतृत्वमा रोल्पा त्रिवेणीका रक्तिम सहित १२ जना नेकपामा समाहित भएका छन् । तत्कालीन एकीकृत नेकपा माओवादी हुँदा अखिल (क्रान्तिकारी ) अध्यक्ष हिमाल शर्मा हुँदा भएका तीन उपाध्यक्ष मध्ये रमेश मल्ल ,जागृती रायमाझी र शरद रसाइली थिए । बैधले पार्टी फुटाउँदाको संस्थापक अखिल (क्रान्तिकारी ) अध्यक्ष तथा तत्कालीन नेकपा बतहुमत का पिबियम शरद रसाइलीको नेतृत्वमा पीबीएम बद्रीकुमार चौलागाईं ‘आमोद’, पलबहादुर रावत ‘संगम’, पूर्ण विक ‘रक्तिम’, किरण जोशी ‘बासुदेव’, अग्रिम बुढा (गम्भिर), पूर्व केन्द्रीय सदस्य दर्शन नेपाली, शम्भु फुयाल, बद्री अधिकारी, आशिष चौधरी, नेत्र बस्नेत, तत्कालीन एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य ममिला बान्तवा लगायत १२ जना केन्द्रिय नेताहरू रहेका…
Read More
पुनर्निर्माणको पर्खाइमा ऐतिहासिक जाजरकोट दरबार

पुनर्निर्माणको पर्खाइमा ऐतिहासिक जाजरकोट दरबार

घाेराही दाङ /टंक प्रकाश के .सी — पश्चिम नेपालको शक्तिशाली राज्यका रूपमा परिचित तत्कालीन जाजरकोट राज्य सञ्चालन भएको ऐतिहासिक जाजरकोट दरबार (सेतो दरबार)पुनःनिर्माणको पर्खाइमा छ। ठूलो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक महत्व बोकेको यो दरबार विगतका विभिन्न भूकम्पहरूले क्षतिग्रस्त बनाएपछि अहिले पूर्ण पुनर्निर्माण आवश्यक बनेको हो। विक्रम संवत १८५२ मा जाजरकोटका १६औँ राजा इन्द्रनारायण शाहले निर्माण गरेको सेतो दरबारलाई पछि भव्य स्वरूपमा विस्तार गर्ने काम वि.सं. १९२६ मा जाजरकोटका २०औँ राजा तथा श्री ३ जंगबहादुर राणाका ज्वाँई नरेन्द्रविक्रम शाहले गरेका थिए। दरबार निर्माणका लागि स्थानीय जाजरकोटी जनताले श्रमदान गरेका थिए भने भक्तपुरबाट नाक्चेनामक कालीगाढ बाेर्लाइएकाे थियाे । सुरुमा चार नालमा निर्माण…
Read More
पूर्व सभामुख तथा माओवादी नेता कृष्ण बहादुर महरा रिहाई

पूर्व सभामुख तथा माओवादी नेता कृष्ण बहादुर महरा रिहाई

काठमाडौँ —पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटका न्यायाधीयशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो । असोज २६ गते सुन तस्करी प्रकरणमा मुछिएको भनेर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो। उच्चले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने गरी भएको जिल्लाको आदेश नमिलेको भन्दै बदर गरिदिए पछी महरा रिहाई हुनुभएको हो।
Read More
रोल्पा सहिद मार्गको दहवन – त्रिवेणी सडक खण्ड अती दुर्घटनाग्रस्त  खण्ड भएको छ,फेरि ट्रक दुर्घटना

रोल्पा सहिद मार्गको दहवन – त्रिवेणी सडक खण्ड अती दुर्घटनाग्रस्त खण्ड भएको छ,फेरि ट्रक दुर्घटना

रोल्पाको त्रिवेणी गाउँपालिका २ भाङ्गोबारीमा फेरि दुर्घटना भएको छ । आज सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको छ। सहिद मार्गको दहबन -त्रिवेणी सडक खण्ड अति दुर्घटनाग्रस्त सडक खण्ड बनेको छ।केही महिना अगाडि मात्र मदत भन्डारी लोकमार्गमा काम गर्न कर्मचारी चढेको गाडी दुर्घटना भएको थियो । त्यस भन्दा केही समय अगाडी यात्रुबाहक गाडी सोही सडक खण्डमा दुर्घटना भएको थियो । सोही सडक खण्डमा आज फेरि सिमेन्ट बोकेर रोल्पाको परिवर्तन गापा दुईखोलीतर्फ जाँदै गरेको ना १ क ३०५२ नम्बरको ट्रक सहिदमार्गअन्तर्गत भाङ्गोबारी भन्ने स्थानमा दुर्घटना भएको छ। हेटौडा नगरपालिका–१३ घर का चालक विवेक सिंह उनी सँग सवार त्रिवेणी–७, रोल्पाका केशर वि.क सामान्य घाइते…
Read More
रोल्पामा बाईक दुर्घटना हुँदा एक महिलाको निधन

रोल्पामा बाईक दुर्घटना हुँदा एक महिलाको निधन

रोल्पामा बाइक दुर्घटना हँदा एकको निधन भएको छ । रोल्पाको सहिद मार्ग अन्तर्गत मिनही-हान्निङ सडक खण्डमा बाइक दुर्घटना भएर बाइक सडकबाट करिव १०० मिटर तल खस्दा हुँदा माडी ६ हान्निङका एक जना महिलाको घटना स्थलमै मृत्यु भएको छ । ज्यान जानेमा हान्निङका पुर्व शिक्षिका अमृता कुमारी घर्ति रहेकोे प्रहरीले जानकारी दिएको छ । थप विवरण आउन बाँकी
Read More
दाङका विप्लवका युवाहरू,काठमाडौ पुगेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

दाङका विप्लवका युवाहरू,काठमाडौ पुगेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौँ । विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट विद्रोह गरेका दाङका दर्जनौं युवाहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका छन् ।  पार्टी मुख्यालय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उक्त समूहलाई नेता नारायण काजी श्रेष्ठ र पार्टी संयोजक प्रचण्डले स्वागत गरेका हुन् । उक्त स्वागतमा बोल्दै प्रचण्डले भने "तपाईहरु नयाँ उत्साहका साथ जनताको पक्षमा समर्पित भएर लाग्न आग्रह गरे । " पार्टी प्रवेश गर्नेहरूमा नेकपा विप्लवका दाङ जिल्ला सचिवालय सदस्य  तथा दाङ जिल्ला युवा संगठन पुर्व इन्चार्ज सुदर्शन सुनार, जिल्ला सचिवालय सदस्य दीपेन्द्र वली, विवेक कुमार विक, दिलीप वली, ठाकुर प्रसाद गौतम, हेमराज विक र कुमार चपाइ लगायत रहेका छन् । 
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search