Skip to main content

Yug Post

धानखोला–लमही चारलेन सडक बनाउनुपर्छ भन्ने विषयमा दलहरु बोलेनन् : प्रकाश शाही

Advertisement

दाङ । धानखोला–लमही चारलेन सडक निर्माण संघर्ष समितिका संयोजक प्रकाश शाहीले धानखोला–लमहीलाई चारलेनको सडक बनाउनुपर्छ भन्ने विषयमा राजनीतिक दलहरु बोल्न नसकेको
बताउनुभएको छ ।

उहाँले एमसिए नेपालले धानखोला–लमहीसम्म दुई लेनको सडक बनाउन लागेको हुँदा त्यसलार्ई चारलेन बनाउनका लागि राजनीति दलहरुले आफ्नो साझा मुद्धा बनाएर बहस/छलफल चलाउनुपर्ने आवश्यक देखिएको बताउनुभएको हो ।

उहाँले शुक्रबार घोराहीस्थित पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गरी धानखोला–लमही चारलेन सडक बनाउनुपर्नेसम्बन्धी जानकारी गरानुभएको थियो ।

उहाँले एमसिए नेपालले निर्माण गर्न लागेको विकास निर्माणको काम राम्रो भएतापनि त्यो विकास निर्माणले त्यहाँको आवश्वता पूरा नगर्ने बताउनुभयो । लुम्बीनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्लाको देउखुरी क्षेत्रमा एमसिए नेपालद्वारा प्रस्तावित दुई लेनको धानखोला–लमही सडकलाई विकासको जवरजस्त रुपमा अगाडि बढाइएको उहाँले बताउनुभयो ।
धानखोला–लमहीलाई चारलेनको सडक बनाउनुपर्छ भन्ने विषयमा राजनीतिक दलहरु पनि बोल्न नसकेको कुरामा जोडदिँदै उहाँले यस विषयमा बोल्दा केतै विकास विरोधी भइन्छ कि भन्ने डर देखिएको बताउनुभयो । उहाँले आफूहरु विकास विरोधी नभएर चाहिएको जस्तो विकास गरौं भन्ने उद्देश्यसहित चारलेन सडक बन्नुपर्ने मागसहित सम्बन्धित निकार्यहरुलाई ध्यानकर्षण पत्र बुझाएको समेत बताउनुभयो ।

संयोजन शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘लुम्बीनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्लाको देउखुरी क्षेत्रमा एमसिए नेपालद्वारा प्रस्तावित दुई लेनको धानखोला–लमही सडक खण्ड रोक्न पहल गर्नु हुन सम्पूर्ण सरोकारवाला लगाएत पत्रकार नागरिक समाजलाई विषेश अनुरोध गर्दछौं । यस परिस्थीतिमा संघ, प्रदेश र स्थानिय सरकारले एमसिए नेपालले अघि बढाएको काम तुरुन्त बन्द गराई सरोकारवालाहरुसंग छलफल गर्नुहुन अनुरोध समेत गर्दछौं र धानखोला लमहि सडक खण्डको डिजाइन नक्साहरु आवश्यक परिमार्जनसहित सरकारले नै धानखोला लमहि सडक खण्ड चार लेनको सडक निर्माणको काम अगाडि बढाउन हुन समेत अनुरोध गर्दछौं । आशा छ, हाम्रा विषयहरुलाई गम्भिरता पूर्वक सम्बोधन गरिने छ ।’

धानखोला लमही क्षेत्र हालको लुम्बीनी प्रदेश राजधानी समेत रहेको यो क्षेत्र तिब्र शहरीकरण उन्मूख छ । र, निकट भविष्य मै उपनगरपालिका रहने गरि छलफल चलिरहेको यो क्षेत्र देशको पूर्वपश्चिम राजमार्ग समेत रहेको हो । हाल दुई लेनको सडक साँघुरो भएका कारण पूर्वपश्चिम राजमार्गलाई एसियन हाईवेका रुपमा पूर्व झापादेखि छिमेकी जिल्ला कपिलवस्तुको गोरुसिङ्गेसम्म चार लेनका बाटाहरु निर्माण प्रक्रियामै छन् र यो कंचनपुर सम्म पुर्याउने घोषणा भएको सन्दर्भमा लुम्बीनी प्रदेश राजधानी देउखुरी क्षेत्रमै पनि हालको बाटो साँघुरो हुँदा अत्यधिक दुर्घटनाहरु भइ रहेका छन् । भने हाल सवारी चाप कम गर्न भालुबाङदेखि लमही क्षेत्रसम्म टाईम कार्ड लागु गरिएको छ । यी सबै कारणले हालको सडकलाई चार लेन बनाउन अति आवश्यक देखिन्छ, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर, यी आवश्यकताका बीचमा नेपालमा सहयोगका लागी आएको निकाएले सम्बन्धीत सरोकारवालासँग छलफल समेत नगरी सरकारी निकाय र पहुँचवाला व्यक्तिको सल्लाहमा यो सडकलाई स्तरोन्नत्तिको तहमा दुई लेनमा बनाउने समाचारहरुबीच सरोकारवाला हामी मिति २०८२ मंसिर ९ गते एमसिए नेपालका प्रतिनीधि संगको भेटघाटमा प्रस्तावित धानखोला लमही सडक आयोजना दुई लेन सडक भन्दा बढाउन नसविने एमसिए नेपाल स्पष्ट गरेका छन् । प्रतिनीधिले कामको टेन्डर प्रक्रिया अगाडि बढाएको समेत जानकारी गराएका छन् । भने मिति २०८२ मंसिर १० गते लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीसँगको भेटघाटमा पनि चारलेनको सडक अति आवश्यक रहेको र पहल पनि गर्ने तर नागरिकहरुले दवाब जरुरी छ भन्ने विषयबाट हामीले यो विषयको संवेदनशिलता बुझ्न सक्दछौं, शाहीले हस्ताक्षरित गरिएको विज्ञपिप्तमा भनिएको छ ।

जनताको जायज माग सम्बोधन नगरी दुई लेन कै बाटो अगाडि बढाइएमा एमसिए नेपालको काम रोकी चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने समेत विज्ञप्तिमा उल्लेख छ ।

संयोजक शाहिले चार लेनको बाटो हुनुपर्ने माग एमसिएको कार्यालयमा बुझाए पछि पार्टीले एमसिसीको बिरोध गर्नेछ तर कार्यकर्ताले माग लिएर जाने भन्दै केही मान्छेले सामाजिक संजालमा बिरोध जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search