Yug Post

मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ : विधा भण्डारी

मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ : विधा भण्डारी

मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ : विधा भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्र आफ्नो पक्षमा बोल्ने नेता कार्यकर्तालाई संस्थापन पक्षबाट आतंकित पार्ने काम भएको बताएकी छिन् । मंगलबार भंगालमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको दाबीसमेत गरेकी छिन् ।  अब खुट्टा कमाउने स्थितिमा नरहेको बताउँदै उनले भनिन्, ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् । आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन पूर्वराष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् । ‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ’, भण्डारीले भनेकी छन् ।
Read More
तत्कालीन मन्त्री र दलाल सुजन लामा बिचको ´घुस डिल’ अडियो विधिविज्ञान प्रयोगशालाबाट सक्कली पुष्टि

तत्कालीन मन्त्री र दलाल सुजन लामा बिचको ´घुस डिल’ अडियो विधिविज्ञान प्रयोगशालाबाट सक्कली पुष्टि

काठमाडौँ — तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, बिचौलिया सुजन लामा र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री रन्जिता श्रेष्ठबीचकोकास्कीको पोखरा बाटुलेचौरमा रहेको ‘लिची बगान’ क्षेत्रको १३४ रोपनी जग्गा हड्प्ने ‘ डिल’ अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको छ। अडियो सक्कली भएको प्रमाणित भएसँगै अख्तियारले बयान र आवाज परीक्षणका लागि पूर्वमन्त्री गुप्ता र बिचौलिया लामालाई मंगलबार कार्यालयमै डाकेको छ । उक्त प्रकरणमा मुछिए पनि भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वमन्त्री श्रेष्ठ र पूर्वभूमि व्यवस्था सचिव अर्जुन पोखरेल भने अनुसन्धानबाहिरै रहेका छन् । ‘सार्वजनिक ओहोदाका पदाधिकारी एवं कर्मचारीलाई हातमा लिएर संगठित गिरोहले जग्गा खाने/मास्ने प्रपञ्चका साथ यो योजना बुनेको देखिन्छ,…
Read More
लुङ्ग्री खोलाको किनारमा युवकको शव फेला ,आसपासमा कोहि हराएको भए सम्पर्क गर्न अनुरोध

लुङ्ग्री खोलाको किनारमा युवकको शव फेला ,आसपासमा कोहि हराएको भए सम्पर्क गर्न अनुरोध

सुनिलस्मृति गाउँपालिका वडा नं २ लुङ्ग्री खोलाको किनारमा युवकको शव भेटिएको हो । सुनिलस्मृति गाउँपालिकाले दिएको जानकारी अनुसार अनुहार नचिन्ने अवस्थामा रहेको शव गलिसकेको अवस्थामा रहेको छ । इलाका प्रहरी कार्यालय खुङ्ग्रीका ईन्चार्ज सहितको टिम घटना स्थलमा पुगेर प्रहरी र नगर प्रहरी इन्चार्ज सहितको टिम आवश्यक सामाग्री सहित घटना स्थलबाट शव उठाएर पोस्टमाटमको लागी अस्पताल लगिएको छ। आसपास वा छरछिमेकमा कोही आफन्त हराएको वा सम्पर्कमा नभएको भए जानकारी गराउनुहुन सुनिलस्मृति गाउँपालकाले अनुरोध समेत गरेको छ।
Read More
वाइसीएलले तुल्सिपुरका आदर्श परियारको घर बनाउन सुरु

वाइसीएलले तुल्सिपुरका आदर्श परियारको घर बनाउन सुरु

वर्षातले घर भत्काएर घरबिहिन भएका तुल्सिपुरका आदर्श परियारको घर बनाउन वाइसीएल सुरुगरेको छ। ´श्रम तथा उत्पादनमा वाइसिएल` भन्ने दुई महिने अभियान अन्तरगत वाइसिएल नेपाल दाङ जिल्ला समितिले विभिन्न सामाजिक कार्य गर्दै आएको छ। त्यसै अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वाडा न. ३ दमार गाउँ निवासी आदर्श परीयारको केही दिन अगाडि वर्षातका कारण घर ढलेको थियो। उहाको आर्थिक अवस्था निकै कम्जोर भएकाले घरबनाउन सकिरहेका थिएनन् । आज लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री माननीय धनबहादुर मास्की (राजेश) घर निर्माणका लागी सिलन्यास गरेका छन् ।
Read More
रोल्पाको थवाङमा घर माथिबाट आएको पहिरोले  एक पुरुषको मृत्यु

रोल्पाको थवाङमा घर माथिबाट आएको पहिरोले एक पुरुषको मृत्यु

रोल्पाको थवाङमा घर माथिबाट खसेको पहिरोले बगाउँदा भान्सामा बसिररहेका ७२ बर्षीय गोठे घर्ति मगरको मृत्यु भएको छ । आईतबार विहान जिल्लाको थवाङ गाउँपालिका वडा नं.-४ थापा खर्कमा ढुङ्गा र माटोले बनेको घर माथिबाट खसेको पहिरोले बगाउँदा भान्सामा बसिररहेका ७२ बर्षीय गोठे घर्ति मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता रोहित कुमार शाहीले जानकारी दिए । घर्ति मगरलाई पहिरोले बगाएर करिव १५ मिटर टाढा लगेको र जनप्रतिनिधि, स्थानियको सहयोगमा शव निकाल्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । मृतकको श्रीमति र छोरी अर्को गोठमा रहेकाले सुरक्षित रहेको र घरको भान्सा पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ…
Read More
निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय भन्दा बढीले लिए सेवा

निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय भन्दा बढीले लिए सेवा

टेकराज भण्डारी, तुलसीपुर - उपमहानगरपालिका वडा नं ५ स्थित बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। परियार जागरण समाज तुलसीपुर, दाङको आयोजना तथा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल तुलसीपुर दाङको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढीलाई सेवा दिएको आयोजकले जनाएको छ। जेष्ठ नागरिकदेखि बालबालिकासम्मले जाँच तथा परामर्श सेवा लिएको डा. उज्ज्वल मण्डल र डा. हस्नु राइनले बताउनुभयो। सुगर, प्रेसर लगायत अन्य रोगहरूको जाँच गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री माननीय धनबहादुर मास्कीले यस्ता शिविरले नागरिकको स्वास्थ्यप्रति सचेतना वृद्धि गर्नुका साथै प्रारम्भिक परीक्षणको माध्यमबाट गम्भीर रोगहरूको समयमै पहिचान गर्न सघाउने बताउनुभयो।…
Read More
ओलिले रविबाट सुरु गरेको प्रतिशोध आर्जु सम्म लाई लिन्छन्  तर माओवादीलाई केही गर्न सक्दैनन् : वर्षमान पुन

ओलिले रविबाट सुरु गरेको प्रतिशोध आर्जु सम्म लाई लिन्छन् तर माओवादीलाई केही गर्न सक्दैनन् : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको र अरु पार्टीमा जसरी माओवादीमा ओलीजीले भाँडभौलो मच्चाउने, तोडफोड गर्न नसक्ने पार्टी सम्वद्ध गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरे ।  ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको ऋंखला काँग्रेस नेतृ एवं वर्तमान परराष्ट्रमन्त्री  आरजु राणा देउवासम्म पुगेको टुंगिने दाबी उनको थियो । सहकारी ठगीमा लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको पुनले आरोप लागाए । यस्तै एकीकृत समाजवादीका अध्यक्ष…
Read More
गम्भीर ध्यानाकर्षण भएको भन्दै  माडी गाउँपालिका रोल्पाले  विज्ञप्ति जारी

गम्भीर ध्यानाकर्षण भएको भन्दै माडी गाउँपालिका रोल्पाले विज्ञप्ति जारी

संयुक्त चार दलले विज्ञप्ति जारी गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ध्यानाकर्षण माडी गाउँपालिका रोल्पाले विज्ञप्ति जारी गरेको छ। मितिः२०८२ आषाद ३० गते माडी गा.पा गाउँ कार्यपालिकाको बैठक ले वडा नं २ को अध्यक्ष ललित घर्ती संयोजक, वडा नं १ अध्यक्ष रोहित सिंह घर्ती र वडा नं ३ को अध्यक्ष बल बहादुर बुढा सदस्य रहने गरि ३ सदस्यीय छानबिन समिति गठन गरि सकेको थियो । तर नेपाल सरकारको संबैधानिक निकाए अख्तियर दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जमा दर्ता भैसकेकोले हामी त्यही निकाएले गरेको निरुपण स्वीकार गर्छौं । यहि विज्ञप्तिमा उल्लेख गरे अनुसार पालिकाले गल्ती नगरेकोमा विश्वस्त रहेको भाव बुझ्न् सकिन्छ । उता…
Read More
निगालपानी कृषि सहकारीले संघीय सरकारको सहयोगमा बनायो कोल्डच्याम्बर

निगालपानी कृषि सहकारीले संघीय सरकारको सहयोगमा बनायो कोल्डच्याम्बर

  रोल्पा, टेक मगर— त्रिवेणी गाउँपालिका–४, निगालपानीमा अवस्थित श्री निगालपानी कृषि सहकारी संस्था लि. ले कोल्डच्याम्बर स्थापना गरेको छ। यस सहकारीले संघीय सरकारबाट प्राप्त ७ लाख रुपैयाँ बराबरको बजेट सहयोगमा कोल्डच्याम्बर स्थापना गरिएको हो। सहकारीका अनुसार कोल्डच्याम्बर स्थापनासँगै कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य नाशिने वस्तुहरू लामो समयसम्म भण्डारण गर्न सहज हुनेछ। यसले कृषकलाई न्युन मूल्यमा उत्पादन बेच्नबाट जोगाउने र उचित मूल्यमा बजार प्रविष्ट गराउन मद्दत गर्ने अपेक्षा गरिएको छ। हालसम्म ६ लाख ९९ हजार ९९९ रुपैयाँ ९७ पैसा बराबरको लागतमा कोल्डच्याम्बर बनाइएको सहकारीले जनाएको छ। यस योजनाबाट स्थानीय कृषकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने र कृषि क्षेत्रमा थप व्यवसायिकता…
Read More
प्रचण्ड खोज्दै खुमालटार पुगेका शेखरले  दुई घण्टा सम्म छलफल गरे

प्रचण्ड खोज्दै खुमालटार पुगेका शेखरले दुई घण्टा सम्म छलफल गरे

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र बीच दुई घण्टा लामो वार्ता भएको छ। केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारसँग असन्तुष्ट शेखर आफैं प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग वार्ताका लागि खुमलटार पुगेका हुन् । दुईजनाबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ। कांग्रेस–एमाले सरकार गठन भएको एक वर्ष पुगि रहँदा कांग्रेसका एकजना नेता कोइराला प्रमुख प्रतिपक्षीकहाँ पुगेका हुन् । शेखरले यसअघि पनि सार्वजनिक रुपमै सरकारको कडा आलोचना गर्दै आएका छन् । दुईतिहाइ नजिकको सरकार भए पनि जनताका अपेक्षा पूरा गर्न नसकेको भन्दै शेखर विकल्पको खोजीमा लागेका छन् ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search