Yug Post

काठमाडौसहित देशभर जेनजीकाे प्रर्दशन जारी

काठमाडौसहित देशभर जेनजीकाे प्रर्दशन जारी

काठमाडौसहित देशभर जेनजीकाे प्रर्दशन जारी

काठमाण्डौ – हिजोको प्रदर्शनमा १९ जनाको ज्यान जानेगरी राज्यले बर्बर दमन गरेको भन्दै यसको विरोधमा युवा पुस्ताले आज पनि प्रदर्शन थालेका छन् । काठमाण्डौको कलङ्की, बानेश्वर लगायतका क्षेत्रमा प्रदर्शन भएको हो । काठमाण्डौ, ललितपुर र भक्तपुरमा कर्फ्युका लागे पनि युवाहरुले प्रदर्शन गरेका हुन् । हिजोको प्रदर्शनमा १९ जनाको ज्यान गएको छ भने चार सय जनाभन्दा धेरै घाइते भएका छन् । राज्यबाट भएको दमनको चौतर्फी निन्दा भैरहेको छ ।
Read More

जेन -जि को दोस्रो दिनको आन्दोलन सुरु

काठमाडौं । काठमाडौंमा जेनजी पुस्ताले दोस्रो दिन पनि आन्दोलन सुरु गरेका छन् । नयाँ बानेश्वर क्षेत्रमा भेला भएर युवाले आन्दोलन सुरु गरेका हुन् । जेन्जी बिहानैदेखि भेला भइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४ सय बढी घाइते भएका छन् । उनिहरुको आन्दोलनको मुख्य माग सामाजिक संजाल खुलाउन र भ्रष्टाचार बन्द गर्ने छ।
Read More
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु

जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु

काठमाडौँ —जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ । बानेश्वर केन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । एभरेस्ट अस्पताल बानेश्वरमा थप ३ को मृत्यु भएको हो । अस्पतालका अधिकारी अनिल अधिकारीले मृत्युको पुष्टि गरे । '५० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको छ । ४ जना गम्भीर अवस्थाका छन्,' उनले भने । यस्तै उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको छ । अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरेका छन् । '१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,' उनले भने, '२० भन्दा बढी अन्य घाइतेको…
Read More
जेनजिको आन्दोलनमा १० जनाको मृत्यु

जेनजिको आन्दोलनमा १० जनाको मृत्यु

जेनजी पुस्ताले गरेको आन्दोलनमा ४ बज्ये सम्म मात्र १० जनाको मृत्यु भएको छ। सरकारले सामाजिक संजालमाथी प्रतिबन्ध लगाए पछि आक्रोसित भएका १२- देखी २८ जना उम्मेर समुहका युवा युवतीले आजदेखी भ्रष्टाचार र सामाजिक संजालमा लागेको प्रतिबन्ध खुलाउनुपर्ने माग गर्दै । आन्दोलन गरिरहेका छन् ।
Read More
जेनजिको आन्दोलनले सरकारलाई कर्फ्यु लगाउन बाध्य

जेनजिको आन्दोलनले सरकारलाई कर्फ्यु लगाउन बाध्य

काठमाडौँ —जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रहरुमा कर्फ्यु थप लगाएको छ। आज देखि काठमाडौ लगायत देशका ठुला शहरहरु सामाजिक संजालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध भनेर जेनजी पुस्ताले आन्दोलन गरिरहेको छ। शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरेको छ । यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिसकेको छ ।
Read More
सामाजिक सञ्जाल माथि लगाएको प्रतिबन्ध विरूद्ध पत्रकारहरू प्रदर्शनमा

सामाजिक सञ्जाल माथि लगाएको प्रतिबन्ध विरूद्ध पत्रकारहरू प्रदर्शनमा

२२ भदौ, काठमाडौं। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध पत्रकारहरूले प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् । उनीहरूले ‘ सञ्जाल बन्द, आवाज बन्द’, जनताको मुख थुन्न पाइँदैन,’ ‘अभिव्‍यक्ति स्वतन्त्रता हाम्रो अधिकार,’  ‘सरकारले हान्यो पेटमा लात, खोसियो हाम्रो दाल र भात,’ अलोकतान्त्रिक निर्णय फिर्ता गर ‘लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् । सरकारले सर्वोच्च अदालतको आदेशलाई स्वीकार्दै तथा  सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम फेसबुक, एक्स, युट्युब, ह्वाट्सएपलगायतका २६ बढी सामाजिक सञ्जाललाई सूचीकरण नगरेको भन्‍दै बन्द गर्न दूरसञ्‍चार प्राधिकरणलाई निर्देशन दिएको थियो । त्यसपछि दूरसञ्‍चार  प्राधिकरणले सूचीकरण…
Read More
नेकपा( माओवादी केन्द्र)लेआजदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु

नेकपा( माओवादी केन्द्र)लेआजदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्ने भएको छ । अभियानका लागि पार्टी अध्यक्ष प्रचण्ड शनिबार पोखरा पुगेका छन् । गत जेठ २ गते बैतडीको पाटनबाट अभियान थालेको माओवादी केन्द्रले वर्षा सुरु भएसँगै स्थगन गरेको थियो । वर्षाका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान कास्कीको रुपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुन: सुरु हुन लागेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार शनिबार दिउँसो ३ बजे औपचारिक कार्यक्रम गरेर अभियान अघि बढ्नेछ । गएको साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकले बाँकी जिल्लामा भदौ २१ देखि पुन:…
Read More
नेपाल रेडक्रसको स्थापन दिवसको अवसरमा रोल्पा शाखाले फलफूल बितरण

नेपाल रेडक्रसको स्थापन दिवसको अवसरमा रोल्पा शाखाले फलफूल बितरण

नेपाल रेडक्रसको त्रिसट्ठीऔँ (63rd establishing Day)स्थापना दिवसको अवसरमा रोल्पा शाखा सभापति नवलसिंहपुनमगर रोल्पा अस्पतालका बिरामीहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरेको छ। उक्त कार्यक्रममा रोल्पा अस्पताल प्रमुख डा•प्रमोद कट्टेल,अस्पताल विकास समिति अध्यक्ष शेर बहादुर थापा, पिताराज आधारभूत विद्यालयका जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरू,उपशाखा माडीचौरका सभापति बिरेन्द्र बुढामगर,प्रहरी चौकी ईञ्चार्ज पूर्ण भण्डारी,स्वास्थ्यकर्मीहरू,रेडक्रसकर्मीहरूको उपस्थिति रहेकोे थियो ।
Read More
जारी गर्‍यो सामाजिक लेखापरीक्षण बारे सूचना

जारी गर्‍यो सामाजिक लेखापरीक्षण बारे सूचना

जय पृथ्वीनारायण मा वि जायचौर रोल्पाको सामाजिक लेखा लेखापरीक्षण कार्यक्रममा उपस्थिति भैदिन अनुरोध गरेको छ। गत आर्थिक वर्ष २० ८१/ ८२ को एस ई ई परिक्षामा जिल्लामै सबैभन्दा बढी उतिर्ण प्रतिशत लिन सफल यस बिधालयको आर्थिक पारदर्शिता देखिन्छ । गत आर्थिक वर्षको सामाजिक लेखापरीक्षण कार्यक्रममा भदौ २० गते उपस्थित हुन भन्दै बिधालयका प्र अ लावड व्राइटर पुन मगरले सूचना प्रकाशित गरेका छन्
Read More
अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या आठ सय नाघ्याे

अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या आठ सय नाघ्याे

अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या आठ सय जना नाघेको छ । पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट अन्य कम्तीमा दुई हजार आठ सय जना घाइते भएका तालिबानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । स्थानीय समय अनुसार आइतवार मध्यरातमा पाकिस्तानको पाँचौं ठूलो शहर जलालाबादबाट २७ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । प्रभावित क्षेत्रमा परकम्प जाने क्रम चलिरहेको छ । भूकम्पका कारण पहाडी क्षेत्रमा पहिरोले सडकहरू अवरुद्ध हुँदा उद्धार कार्य पनि प्रभावित भएका खबरमा उल्लेख छ । तालिबान सरकारले दुर्गम भेगमा उद्धार गर्न तथा प्रभावित क्षेत्रमा रहेका मानिसहरूसम्म पुग्न हेलिकप्टरहरू प्रयोग गरेका छन् । धेरैजसो भूकम्पको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search