Yug Post

सामाजिक सञ्जाल माथि लगाएको प्रतिबन्ध विरूद्ध पत्रकारहरू प्रदर्शनमा

Advertisement

२२ भदौ, काठमाडौं। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध पत्रकारहरूले प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘ सञ्जाल बन्द, आवाज बन्द’, जनताको मुख थुन्न पाइँदैन,’ ‘अभिव्‍यक्ति स्वतन्त्रता हाम्रो अधिकार,’  ‘सरकारले हान्यो पेटमा लात, खोसियो हाम्रो दाल र भात,’ अलोकतान्त्रिक निर्णय फिर्ता गर ‘लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

सरकारले सर्वोच्च अदालतको आदेशलाई स्वीकार्दै तथा  सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम फेसबुक, एक्स, युट्युब, ह्वाट्सएपलगायतका २६ बढी सामाजिक सञ्जाललाई सूचीकरण नगरेको भन्‍दै बन्द गर्न दूरसञ्‍चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

त्यसपछि दूरसञ्‍चार  प्राधिकरणले सूचीकरण नभएका सामाजिक सञ्जालहरू (प्राधिकरणले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स(ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलगायत )लाई बन्द गर्न आइएसपीलाई परिपत्र गरेको थियो।

सामाजिक सञ्जाल बन्‍द भएपछि कन्टेन्ट क्रिएटर र स्टार्टअपलगायतका कम्पनीहरूलाई असर गरेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search