१ आश्विन २०८१ ०९:०५
१ आश्विन २०८१ ०९:०५
सोमबार प्रतिनिधिसभाको बैठकबाट पारित भइ सरकारलाई कार्यान्वयनका लागि समेत सिफारिस भएको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकममा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने सहित चार जनालाई जिम्मेवार ठहर्याइ कारबाहीको सिफारिस गरिएको छ । प्रतिबेदन सार्वजनिक हुन बितिकै रास्वपा पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रतिबेदन लामिछानेले ‘हामीमाथि लागेको आरोप समितिले खारेज गरेको’ दाबी गरेका छन् । ‘हामीमाथि जे आरोप लगेको थियो, त्यो आरोप खारेज भएको छ । पूर्ण रुपमा । यति लामो समयसम्म हामी त्यो आरोप सहेर बसेका थियौं । जुन प्रताडना भएको थियो, समितिले स्पष्ट पारेको छ,’ लामिछानेले भने, ‘सहकारीको रकम अपचलन गर्नमा सहकारीको पैसा गोर्खा मिडियामा ल्याउनमा हाम्रो कुनै पनि भूमिका छैन ।’ उनले अझै यो…