२४ बैशाख २०८२ ०९:०१
२४ बैशाख २०८२ ०९:०१
काठमाडौँ —नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल लडेर घाइते भएपछि अस्पताल भर्ना भएका प्रचण्ड डिस्चार्ज भएर आफ्नो कामकाज फर्केका छन् । घरमै लडेर घाइते भएका दाहाललाई गएराति करिब १२ बजेतिर मेडिसिटी अस्पताल पुर्याइएको थियो । उनको सिटीस्क्यान रिपोर्ट सामान्य छ । उनलाई वार्डमा राखेर उपचार भएको थियो । अहिले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेका छन् । उनको सचिवालयले भनेको छ "आफ्नो कामकाजमा फर्किसक्नु भएको छ उहाँका लागी चासो चिन्ता गर्नुहुने सबैमा धन्यवाद "