Skip to main content

Yug Post

राेल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

Advertisement

टेक मगर ,रोल्पा – रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। परिवर्तन गाउँपालिका-३ बागमारा स्थित दुई खोली-चुनवाङ भित्री सडकखण्डमा गए राति ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक दाङकाे घाेराही उपमहानगरपालिका वडा नं. ४ कुईरेपानीका अन्दाजी २९ वर्षीय खिमबहादुर सुनार रहेकाे रोल्पा प्रहरीले जनाएको छ। आइतबार राति दुई खोलीबाट बागमारा तर्फ जाँदै गरेकाे लु.प्र.०२-००१त ८९ नम्बरको ट्याक्टर करिब साढे नाै बजेतिर अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेको थियो।

दुर्घटनाभए लगत्तै स्थानिय बासिन्दाले तत्कालै प्रहरीलाई खबर गरेका थिए। दुर्घटनाको समयमा ट्याक्टरमा चालक बाहेक अन्य कोही सवार नरहेको र ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search