१४ श्रावण २०८२ ०९:३१
१४ श्रावण २०८२ ०९:३१
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पार्टी नेतृत्वविरुद्ध व्यक्तिगत आरोप र लाञ्छना लगाउने प्रवृत्ति स्वीकार्य नभएको चेतावनी दिएका छन्। पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गम्भीर आरोप लगाएको विषयमा बोल्दै पुनले यस्तो प्रवृत्तिले पार्टीमा अराजकता र गुटबन्दी निम्त्याउने बताए। पुनले भने, “पार्टीले गत वर्ष देशव्यापी परामर्श, जनवादी अभ्यास र छलफलका लागि फोरमहरू खुला गरेको थियो। केन्द्रीय कार्यालयमा हप्ता दिन बहस भयो, स्थायी कमिटी र केन्द्रीय समितिमा पनि विस्तृत छलफल गरियो। सबैले आफ्ना कुरा राख्ने अवसर पाए। तर, यति हुँदा पनि बाहिर व्यक्तिगत आरोप र नेतृत्वको खण्डन गर्ने प्रवृत्ति देखियो, जुन स्वीकार्य छैन।” आगामी स्थायी कमिटी बैठकमा…