५ आश्विन २०८२ ०८:५५
५ आश्विन २०८२ ०८:५५
घोराही उपमहानगरपालिका–३, बरगदवा, भानपुरमा ४ अर्बको लगानीमा निर्माण भएको संजीवनी शिक्षण अस्पताल यही असोज ६ गते औपचारिक रूपमा उद्घाटन हुँदै यश अवसरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । अस्पतालका सीईओ दीपक रोकाले घटस्थापनाको शुभ अवसर पारेर हुने उक्त उद्घाटन कार्यक्रममा सबैलाई उपस्थित भई साथ र सहयोग प्रदान गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार संजीवनी अस्पताललाई आधुनिक प्रविधियुक्त, गुणस्तरीय स्वास्थ्य सेवा र शैक्षिक अनुसन्धान केन्द्रका रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । चार अर्ब रुपैयाँको ठूलो लगानीमा निर्माण गरिएको सो अस्पतालमा प्रारम्भिक चरणमै अत्याधुनिक उपकरणसहित विभिन्न ५०० शैयाको सुविधा उपलब्ध गराइने बताइएको छ । अस्पतालले विशेष गरी दाङसहित सम्पूर्ण…