Skip to main content

Yug Post

जसले फाल्यो उसैको कुर्सीमा पुगे कुलमान घिसिङ

Advertisement

 

काठमाडौं । पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बखास्त कुलमान घिसिङ ऊर्जा मन्त्रीका रुपमा सोमबार सिंहदरबार ‘इन्ट्री’ भएको छ ।

उनी चैत ११ मा विशेषगरी ओली र ऊर्जामन्त्री दीपक खड्कासँग द्वन्द्व बढेसँगै  बर्खास्तीमा परेका थिए । जसले बर्खास्त गर्‍यो, छ महिनापछि उसैको कुर्सी घिसिङलाई मिलेको छ ।

उनी ४ महिना कार्यकाल बाँकी रहँदा बर्खास्तमा परेका थिए । घिसिङ सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वकर्ता बनेका छन् ।

भदौ २३ र २४ गते देशभर भएको प्रदर्शनबाट ओली सरकार हटेसँगै देशले सुशीला कार्कीको नेतृत्व पाएको छ । उनै कार्कीको सरकारमा घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघिका ऊर्जामन्त्री खड्काको कार्यशैलीमा चित्त नबुझेर ‘नोट अफ डिसेन्ट’ राखेका घिसिङले आफ्नो जिम्मेवारीमा कत्तिको खरो उत्रिन्छन्, त्यो चाहिँ हेर्न बाँकी छ ।

 

त्यसो त, घिसिङसँग प्राधिकरणको बक्यौता उठाउने र उनैलाई बर्खास्त गरी आएका हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँगको सम्बन्ध कसरी अघि बढ्छ, त्यसले पनि ठूलो अर्थ राख्ने देखिन्छ । 

प्राधिकरणका हरेक कर्मचारी–प्रशासन र ऊर्जाका तानाबानाका जानकार घिसिङलाई ऊर्जा क्षेत्रमा काम गर्न निकै सहज हुनेछ । तर, कार्यकारी निर्देशक शाक्यसँग चाहिँ उनको सम्बन्ध राम्रो हुने देखिन्न, विगत झगडा हेर्दा ।

२०७८ मा शाक्यलाई कार्यकारी निर्देशकबाट हटाउँदै दोस्रो पटक कार्यकारी निर्देशक बनेका थिए, घिसिङ । शाक्य एमालेको बलमा कार्यकारी निर्देशक भएका हुन् भने घिसिङ माओवादीको ।

पछिल्लो समय उनै शाक्यका निम्ति कार्यकालको ४ महिना बाँकी रहँदै गर्दा सरकारले घिसिङलाई हटाइयो, शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो ।

अर्थात् दुईबीचको पद तानातानको अवस्था पटक–पटक दोहोरियो । अब शाक्यको शीरमा घिसिङ पुगेका छन् । शाक्यले प्राधिकरणबाट हुने काम कारबाहीले घिसिङलाई सन्तुष्ट पार्नुपर्नेछ । यसअघिको ऊर्जामन्त्री खड्का शाक्यको काम गराइबाट सन्तुष्ट थिएनन् । 

उठ्ला डेकिकेटेड तथा ट्रंक लाइन बक्यौता ?

त्यसो त, घिसिङकै पहिलो कार्यकालमा सुरु भएको डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउनु घिसिङको पहिलो काम हुनेछ । यसअघि मन्त्रालय र मन्त्रिपरिषद्ले असहयोगका कारण बक्यौता उठाउन सकिएन भनी घिसिङले सार्वजनिक रुपमै भनेका थिए । अब, उनले त्यो रकम असुल गर्नुपर्ने छ । 

यसअघि मन्त्रीमाथि दोष देखाउँदै जसरी जिम्मेवारी पन्छिएका थिए, अब पन्छिने छुट अब घिसिङसँग रहने छैन । उनले जसरी पनि बक्यौता उठाउन पर्ने देखिन्छ ।

उनले पहिलो निर्णय पनि त्यही रकम उठाउने गरेका छन् । व्यवसायीले सरकार फेर्न सक्ने हैसियत रहेको देशमा चुनावी सरकारको ६ महिनामा कसरी बक्यौता उठाउलान् त्यो हेर्न बाँकी छ । घिसिङले बक्यौता बाँकी रहेको व्यवसायीहरुलाई कसरी ‘ट्रिट’ गर्छन् त्यसले पनि बक्यौताको विषय टुंगो लाग्ने वा नलाग्ने देखिन्छ । 

महालेखा परीक्षकको ६२ औं प्रतिवेदनअनुसार प्राधिकरणको कुल उठ्नपर्ने बक्यौता ४८ अर्ब २६ करोड छ । जसमा डेडिकेटेड लाइनतर्फको २३ अर्ब ४४ करोड रहेको छ । सडक बत्तीको ६ अर्ब ८९ करोड छ । यो रकम उठ्न सकेमा राज्यको ढुकुटीमा ठूलो राहत हुनेछ ।

ठप्प रहेको ऊर्जा क्षेत्र जगाउने चुनौती

२०८१ असार ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा  सरकार बनेसँगै ऊर्जा मन्त्रालयको जिम्मेवारीमा दीपक खड्का रहे । खड्का ऊर्जा लगानीकर्ता समेत थिए । स्वार्थको द्वन्द्व एकातिर राखेर खड्काले ऊर्जा क्षेत्रलाई धेरै माथि पुर्‍याउन सक्थे । तर, खड्काले ऊर्जा क्षेत्रलाई माथि लैजाने कामबाहेक अन्य सबै गरे । 

ओलीको सरकार ढल्ने अघिल्लो दिन समेत सिँचाइ विभागका कर्मचारी सरुवामा राम्रै खेले । कर्मचारीलाई भकुन्डो बनाउँदै खड्काले प्राधिकरणका कर्मचारी सरुवामा ठूलो चलखेल गरे, जसका कारण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँगसमेत द्वन्द्व उत्पन्न भयो, जुन सतहमै देखियो । खड्का सुरुमा घिसिङसँग द्वन्द्वमा रमे । पछि शाक्य नियुक्त भएको एक महिना नबित्दै द्वन्द्व सुरु गरे ।

खड्काले सम्हालेको मन्त्रालयलाई नै थाहा नदिई ओली सरकारले ऊर्जा खरिद सम्झौता (पीपीए)मा ‘टेक एण्ड पे’ व्यवस्था राखेपछि व्यवसायीले आन्दोलन नै गर्नुपर्‍यो । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का सल्लाहकार समेत रहेका यसअघि ऊर्जामन्त्री खड्कासँग स्वंय इप्पान नै आक्रान्त थियो ।

पहिला खड्का र त्यसपछि शाक्य आएसँगै ऊर्जा क्षेत्र ठप्प छ । अब घिसिङले ऊर्जा क्षेत्रलाई कसरी अगाडी बढाउँछन् भन्ने कौतूहलता छाएकै छ । उनले ‘जस्तो सुकै परिस्थिति’मा छवि बनाएका छन् । अब आफँै ऊर्जा मन्त्रालयको नेतृत्वकर्ता बनेपछि उनको क्षमताको खास परीक्षण हुने नै छ ।
 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search