१६ मंसिर २०८१ १८:५९
१६ मंसिर २०८१ १८:५९
रोल्पामा पुल बनाउने क्रममा ढिस्कोले पुरिएर ५ जना मजदुरको मृत्यु भएकाे छ। रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणमा खटिएका ५ जना मजदुरको दुर्घटनामा परेर मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ९:५० बजेतिर पुल बनाउन खाल्डोमा काम गर्ने क्रममा मजदुरलाई माथिबाट खसेको पहिरोले पुरेको हो । पहिरोमा पुरिएकामा तीन पुरुष र दुई महिला छन् । सबैको शव निकालिएको र शवको पहिचान पनि गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए । पुल बनाउने जिम्मेवारी लिएको ठेकेदार कम्पनी एल.बी.एन्ड पल्लभी जक्सन जेभी निर्माण सेवाअन्तर्गत ती मजदुर काममा खटिएका थिए । खाल्डा पुर्ने…