Skip to main content

Yug Post

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्धमुद्दा दर्ता

Advertisement

काठमाडौँ —फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले बौद्धिक सम्पत्ति चोरीको मुद्दा नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा दर्ता गराएका हुन् ।

‘अस्तिको दिन हामीकहाँ अजित लामिछानेले निवेदन दिनुभएको थियो । निवेदन आएको भोलिपल्ट हामीले यो मुद्दालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं,’ रजिस्ट्रार कार्यालयका प्रवक्ता सुरेशचन्द्र अधिकारीले भने, ‘ऐनअनुसार अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिइएको हुँदा यो विषयलाई हामीले उतै पठाएका हाैं ।’

अधिकारीका अनुसार अजितले यसअघि ‘पूर्णबहादुरको सारङ्गी’का लेखकलाई ‘लाज’ कथा सुनाएका थिए । त्यही कथा र प्लटलाई हेरफेर गरेर यो फिल्म बनाइएको भन्दै अजितले निवेदन दर्ता गराएका हुन् ।

यसअघि लेखक शिवशंकर बस्यालले फिल्मको कथा आफ्नो उपन्यास ‘संग्रामपुर’को कथासँग हुबहु मिलेको भन्दै बौद्धिक चोरीको आरोप लगाएका थिए ।
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ नेपाली फिल्महरु कै सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search