Skip to main content

Yug Post

क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त सुरेन्द्र पक्राउ

Advertisement

वीरगन्ज । बाराका रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

आज भन्दा पाँच महिना अगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको हो । आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ स्थितको घरबाट फर्किने क्रममा गोली प्रहार गरीको उनको हत्या गरिएको थियो । त्यसबेलादेखि फरार मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई गएराति पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । 

प्रहरीको विशेष टोलीले कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको उनले पुष्टि गरेका छन् ।  करिब पाँच महिनादेखि परिचालित प्रहरीको स्पेसल टोलीले मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको बारा प्रहरी प्रवक्ता सापकोटा बताउँछन् ।  

मुख्य अभियुक्त कुशवाहा विराटनगरमा लुकेर खेतीपाती सुरु गरेको सूचना आएपछि प्रविधिको सहयोगमा पछ्याउँदै जाँदा उनलाई बुधबार पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ । 

घाइते कुशवाहाको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । गोली लागेपछि घाइते भएका क्याम्पस प्रमुख कुशवाहा त्यही बेला मृत्युकालीन घोषणा गरेका थिए । गोली प्रहारबाट घाइते भएपछि कुशवाहाले त्यसबखत सर्वसाधारणबाट भिडिओ रेकर्ड गर्न लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search