Skip to main content

Yug Post

प्राधिकरणले बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार

Advertisement

काठमाडौँ —नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो।

घिसिङले नेपाल सरकारको कार्तिक २५ को निर्णय र विद्युत् नियमन आयोगको मंसिर ११ गतेको निर्देशनअनुसार राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका हुन् ।

सरकारले गत कात्तिक २५ गते सरकारले लाल आयोगको प्रतिबेदन सर्बजनिक गर्दै २४ घन्टा भित्र उद्योगहरुमा काटिएको लाइन जोडन र १५ दिन भित्र टिवडी मिटरको आधारमा बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिए संगै प्राधिकरणले २८ गते लाइन जोडेको थियो ।त्यतिबेला प्राधिकरणका कार्यकारी निर्देशक कुलमा घिसिङले सार्वजनिक रुपमै यसपालि लाइन जोडेको छु फेरि पनि बक्यौता नतिरेपछि आफुलाई जनताको साथ चाहिने बताएका थिए ।
त्यो समय आज सकियो तर बक्यौता उठेन त्यसपछि प्राधिकरणले आफ्नो पहल लिएको छ। उता हिजो नै सरकारले आफैले गरेको निर्णय विरुद्ध अर्को निर्णय गरेर हिजो सोमबार नै अहिले नै लाइन न काट्न प्राधिकरणलाई निर्देशन दिइसकेको छ। अब बक्यौता उठाउने भन्ने प्राधिकरण र नउठाउने भन्ने सरकार आमनेसामने भएका छन् । जनता साथ भने प्राधिकरण लाई देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search