२३ फाल्गुन २०८१ ०९:१९
२३ फाल्गुन २०८१ ०९:१९
माओवादी उपमहासचिव तथा पुर्व अर्थमन्त्री वर्षमान पुनले सगरमाथा सिमेन्टको साहु पि यल साँघाईसँ चुनावको ऋण तिर्न त्रिवेणी गापा अध्यक्ष कर्ण बहादुर बाठा र उपाध्यक्ष लेखमनी डाँगीले २ करोड मागेमा अब उहाँहरुले जनतासँग माफिमाग्नु पर्ने बताएका छन् । सहिद मार्गको बजेट कटौतीको विरुद्ध माओवादीले होलेरीमा आयोजना गरेको बिरोध कार्यक्रममा त्यस्तो बताएका हुन् । पुनने ´एक वटा उद्योगले २/४ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिन्छ भने अप्रत्यक्षरूपमा हजारौं मानिसलाई रोजगार दिएको हुन्छ ।` उधोगीलाई सहयोग गर्नुपर्ने भन्ने भाव राख्दै उनले भने ´त्यस्तो खालको हुनुपर्नेमा हाम्रो जनप्रतिनिधिहरुको ब्येजेत भैरहेको छ। यो कुरा मिडियाहरुमा उठिरा छ।` ´जुनसुकै पार्टीको जनप्रतिनिधिलाई के अनुरोध छ भने कमसेकम विकास…