Skip to main content

Yug Post

नव नेपाल क्याम्पसमा स्ववियु निर्वाचन: चार संगठनका यी हुन प्रतिस्पर्धी

Advertisement

टेक मगर रोल्पा /त्रिवेणी गाउँपालिकामा रहेको नव नेपाल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि चार विद्यार्थी संगठनले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृत त्रिभुवन राणाका अनुसार स्ववियु निर्वाचन आगामी चैत्र ५ गते हुने तय गरिएको छ।

क्याम्पस प्रशासनले फागुन २१ गते मतदाताको सूची सार्वजनिक गरेको छ। सूचीअनुसार ३१० विद्यार्थीमध्ये १३५ जना विद्यार्थीले मात्र मतदान गर्न पाउने छन्। त्रिभुवन विश्वविद्यालय (टियु) को मापदण्डअनुसार माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीहरू मात्र मतदान गर्न वा उम्मेदवार बन्न योग्य हुने बताइएको छ।

उम्मेदवारको विवरण

स्ववियु सभापतिको लागि विभिन्न विद्यार्थी संगठनबाट निम्न उम्मेदवारहरू प्रतिस्पर्धामा छन्:

अनेरास्ववियु – एकराज केसी

अखिल (क्रान्तिकारी) – एकराज बस्नेत

नेपाल विद्यार्थी संघ (नेवि संघ) – बसन्ती भण्डारी

मतदानयोग्य विद्यार्थी संख्या : निर्वाचन अधिकृतका अनुसार विभिन्न तहका विद्यार्थीहरूबाट मतदानयोग्य संख्यामा यस्तो भिन्नता देखिएको छ:

प्रथम वर्ष – ६६ मध्ये ५० जनाले भोट हाल्न पाउने

दोस्रो वर्ष – ८५ मध्ये ८ जनाले भोट हाल्न पाउने

तेस्रो वर्ष – ५० मध्ये ८ जनाले भोट हाल्न पाउने

पुरानो दोस्रो वर्ष – ३९ विद्यार्थीमध्ये ३९ जनाले भोट हाल्न पाउने

चौथो वर्ष – ३० विद्यार्थीले मतदान गर्न पाउने

मतदान अधिकारीका अनुसार दोस्रो, तेस्रो, र चौथो वर्षका विद्यार्थीहरूले नामावली प्रकाशित हुनुभन्दा पाँच दिनअघि अर्थात फागुन १५ गतेसम्म भर्ना भएका विद्यार्थीहरूले मतदान गर्न वा उम्मेदवार बन्न पाउने छन्।

स्ववियु निर्वाचनलाई लक्षित गरी विद्यार्थी संगठनहरू चुनावी अभियानमा सक्रिय भइसकेका छन्। क्याम्पस प्रशासनले निष्पक्ष र मर्यादित चुनाव सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search