Yug Post

सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको , च्याम्पियन पुलिस क्लब

Advertisement

टेक मगर ,रोल्पा – रोल्पामा सम्पन्न सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबले उचालेको छ। फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई रोमाञ्चक प्रतिस्पर्धामा पराजित गर्दै पुलिस क्लबले उपाधि जितेको हो। लिवाङमा बुधबार भएको फाइनलल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले उपाधि हात पारेको हो ।

विजेता बनेको पुलिस क्लबले ५ लाख राशिको पुरस्कार र सन स्टार कप प्राप्त गरेको छ । भने उपविजेता त्रिभुवन आर्मी क्लबले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। खेल दुवै टोलीबीच कडा प्रतिस्पर्धामा रह्यो, तर निर्णायक सेटमा पुलिस क्लबले उत्कृष्ट खेल प्रदर्शन गर्दै जित सुनिश्चित गर्‍यो। प्रतिस्पर्धात्मक खेलमा पुलिसले चारमध्ये तीन सेट जितेको हो । पुलिसले पहिलो सेट २५–१८, तेस्रो सेट २५–१४ र चौथो सेट २५–२३ ले जितेको हो ।

महिलातर्फको उपाधि भने परिवर्तन गाउँपालिकाको टोलीले जित्न सफल भयो। प्रारम्भदेखि नै राम्रो प्रदर्शन गर्दै आएको परिवर्तन गाउँपालिकाले उपाधिसँगै व्यापक प्रशंसा बटुल्यो।

बुधबार नै सम्पन्न पहिलो खेलमा लुम्बिनीलाई हराउँदै कोशी प्रदेशले तेस्रो स्थान प्राप्त गर्‍यो । तेस्रो कोशी र चौथो भएको लुम्बिनीले क्रमशः १ लाख र ५० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको समापन समारोहमा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, खेलाडीहरू र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। आयोजक समितिले खेलकुदमार्फत युवामा सकारात्मक ऊर्जा भर्न र जिल्लामा खेलको विकासलाई अगाडि बढाउन यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search