३२ असार २०८१ ०९:१८
३२ असार २०८१ ०९:१८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन। नेपालका प्रधानमन्त्रीको इतिहास हेर्दा ३८ जनाले अहिलेसम्म ६३ पटक प्रधानमन्त्रीको हैसियतमा शासन सत्ता सञ्चालन गरिसकेका छन् । जसमध्ये ४ जनाले मुख्तियार, ४ जनाले मन्त्रिपरिषद् अध्यक्ष र ३१ जनाले प्रधानमन्त्रीका रुपमा सरकार चलाएका छन् । मन्त्रिपरिषद् अध्यक्ष र प्रधानमन्त्री दुवै भएर सरकार चलाउने सूर्यबहादुर थापा एक्ला नेता हुन् । यस्तै मुख्तियार र प्रधानमन्त्री भएर देशको बागडोर सम्हाल्ने फत्यजंग शाह एक्ला हुन् । यस्तै विभिन्न समयमा ५ पटक सरकारको बागडोर सम्हाल्नेमा थापासँगै स्वर्गीय गिरिजाप्रसाद कोइराला र…