Skip to main content

Yug Post

हाम्रो सुन्दर कर्णाली प्रमुख पर्यटकिय गन्तव्य

Advertisement

कर्णाली प्रकृतीको प्रचुर र अनुपम प्राकृतिक सम्पदाका साथै भेषभुषा,जातजाती र साँस्कृतिक पहिचान सम्भावना बोकेको प्रदेश हो । कर्णाली प्रदेश प्राकृतिक सौन्दर्यताका साथै धार्मिक,ऐतिहासिक,साँस्कृतिक रुपमा विशिष्ट महत्व बोकेको छ । साविक कर्णाली भेरी र साविक राप्तिका २ वटा गरेर १० वटा जिल्लाहरु मिलाएर बनेको कर्णाली प्रदेश भौगौलिक रुपमा नेपालकै सबैभन्दा ठुलो प्रदेश हो । कर्णाली प्रदेशको क्षेत्रफल ३०,२११ वर्ग कि.मि रहेको छ । कर्णाली प्रदेश भौगोलिक रुपमा हिमाली,पहाडी र चुरे पर्वत मिलेर बनेको छ । भौगोलिक रुपमा विकास सुविधाको पहुचबाट अझै कर्णाली टाढा नै छ । प्राकृतिक सम्पदाका अनुपम उदारण कर्णालीमा धैरै पाउन सक्छौ । कर्णाली बदल्ने समृद्धीको आधार यहाँका पर्यटन,कृषी,जडिवुटी र पशुपालन हुनसक्दछ । देश राज्य निर्माणको तहमा कर्णालीले अथाह योगदान र सर्मपण गरेको छ । तर पनि आज कर्णाली विविध संकटहरुको सामाना गरिरहेको छ । नुन पाउन दिनहु महिनौ कुर्नुपर्ने र बर्षेनी खाद्य संकट व्यहोरिरहेको छ । देश संघियतामा आएपछी कर्णालीको समृद्धी र ठोस योजनाहरु प्नि नउठेका होइनन तर सबै राजनीतिक नारामा मात्र सिमित बन्न पुगेका छन । राज्यवाट अपहेलित र तिरस्कारमा परेको कर्णाली आज पनि रोग,भोग विपत्तीको सामना गरिरहेको छ ।
यति धैरै सम्पदा र सम्भावना भएको कर्णाली प्रकृतिको धनि जसले कर्णालीका जनतालाई मात्र आत्मनिर्भर नभएर देशको अर्थतन्त्रमा पनि ठुलो योगदान गर्न र समृद्धी हासिल सक्छ तर त्यसका निम्ति राज्यका ठोस खाकासहितको लगानी र नागरिकको सक्रियता जागरुकता आवश्यक छ । कर्णाली कृषी पर्यटकीय र जडिवुटी लगायतलाई सहि ढङ्गले सदुपयोग व्यवसायकि आत्मनिर्भर बनाउन सकेमा सकेमा दशकौ पहिलाको कालापहाड र अहिलेको अरब तथा अन्य मुलुक धाउनुपर्ने बाध्यतावाट मुक्त गर्न सकिन्छ । त्यसका विविध आधारहरु मध्ये पर्यटकीय आधार पनि एक महत्वपुर्ण आधार हो । यसो त कर्णाली प्रदेश आफैमा प्राकुतिक रुपमा सुन्दर रमणीय प्रदेश त्यसका सयौ पर्यटकिय गन्तव्य छन जसमा नेपाल सरकारले घोषणा गरेका १०० पर्यटकिय गन्तव्य मध्ये २१ वटा समावेश छन,यद्यपी कर्णालीका प्रमुख केही संक्षिप्तमा चर्चा गरौ ।
१.रारा ताल
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल हो । प्राकूतिक मनोरम वातावरणले सिगारिएको रारा ताल भ्रमण गर्न देश तथा विदेशबाट पर्यटकहरु आउने गर्दछन । समुन्द्री सतहबाट २,९९० मिटर उचाइमा रहेको रारा तालको क्षेत्रफल १०६ वर्ग कि.मि.छ । मुगु जिल्लामा अवस्थित रारा तालबाट रारा राष्ट्रिय निकुञ्जसमेत हेर्न सकिन्छ । वातावरण अनुपम रारा ताल पुग्दा जोकोही मोहित बन्दछन । कर्णाली प्रदेशको राजधानि सुर्खेतबाट दैलेख,कालिकोट हुदै रारा ताल पुग्न सकिन्छ ।
२ .जुम्ला सिंजा
जुम्ला जिल्ला अवस्थित सिंजा क्षेत्र नेपालको ऐतिहासिक महत्व र सभ्यता बोकेको स्थल हो जसलाई सिंजा उपत्यकासमेत भनिन्छ । नेपाली खस भाषाको उद्धगमस्थल र बाइसे चौविसे राज्य हुदा यो एक शक्तीशाली राज्य हो । सुर्खेत हुदै जुम्ला सदरमुकामबाट सिंजा पुग्न सकिन्छ ।

३ .कुपिन्डे ताल
कर्णाली प्रदेशको सल्यान जिल्लाको पश्चिम भाग वनगाड कुपिन्डे नगरपालिकामा अवस्थित कुपिन्डेदह कर्णालीको एउटा महत्वपुर्ण पर्यटकिय रोजाइ हो । २३.५ हेक्टरमा फैलिएको कुपिन्डे दहको लम्बाइ ८ सय ३४ मिटर र गहिरार्य ३४ मिटर गहिरो छ । चारैतिर पहाडको विच भागमा अवस्थित कुपिन्डे दह सुन्दर निकै मनमाहेक छ । यहाँ पुग्न कर्णाली प्रदेशको राजधानी सुर्खेत,नेपालगंज र दाङ तुल्सीपुरबाट सल्यान सदरमुकाम खलंगा लगायतका विभिन्न्न मोटरबाटोहरुबाट पुग्न सकिन्छ ।
४ .जाजरकोट दरबार
जाजरकोट खलंगामा रहेको जाजरकोट दरबार ऐतिहासिक महत्वको पर्यटकिय स्थल हो । यो दरवार विभीन्न कलात्मक रहेको छ । जाजरकोट दरवार राजा गजेन्द्रनारायण शाहाले निर्माण गरेका थिय । कला,सँस्कृति अध्यन तथा भ्रमणको एउटा महत्वपुर्ण गन्तव्य जाजरकोट दरबार हो । यहाँ पुग्न कर्णाली प्रदेशको राजधानी तथा राप्ती राजमार्ग रुकुम खलंगाबाट पनि पुग्न सकिन्छ ।
५. शे –फोक्सुन्डो
शे ‍फोक्सुन्डो ताल कर्णालीको महत्वपुर्ण पर्यटकिय रोजाई हो । शे फोक्सुन्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । यसको गहिराइ ६५० मिटर छ । शे फोक्सुन्डो ताल शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पर्दछ । यहाँ पुग्न हवाई यात्रा नै उचित देखिन्छ । शे फोक्सुन्डो ताल निकै मनोरम भएता भौगोलिक विकटताको कारण अली खर्चिलो बढी भएको पाइन्छ । यहाँ पुग्न हवाई यात्रा नै प्रभावकारी छ ।
६ .लिमी उपत्यका
कर्णाली एक महत्वपुर्ण र नयाँ पर्यटकिय क्षेत्र लिमी उपत्यका हो । हुम्ला सदरमुकाम सिमीकोटबाट झन्डै ७ दिनको पैदल यात्रापछी यहाँ पुग्न सकिन्छ । महंगा मृर्ति,पौराणिक वास्तुकला, पुरना गरगहना गुम्बा यहाँका मुख्य आर्कषण हुन । कर्णाली प्रदेश राजधानी सुर्खेतबाट मोटरगाडी यात्रा त्यसपछिको पैदल यात्राबाट लिमी उपत्यका पुग्न सकिन्छ ।
७ .पचाल झरना
कर्णालीको एक उत्कृष्ट पर्यटकिय गन्तव्य पचाल झरना कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाको खार्दुमा रहेको छ । पचाल झरना नेपालको सबैभन्दा अग्लो झरना हो । यहाँँ पुग्न सुर्खेत हुदै कालिकोट सदरमुकाम बाट पचाल झरना पुग्न सकिन्छ ।
८. काँके्रविहार
कर्णाली प्रदेश राजधानी सुर्खेतदेखी नजिकैको काँक्रेविहार एक महत्वपुर्ण पर्यटकिय गन्तव्य हो । यहाँ धार्मिक महत्वका हिसावले पर्यटकहरु आउने गर्दछन ।
९. स्यार्पु ताल
कर्णाली प्रदेशको रुकुम पश्चिममा जिल्ला अवस्थित स्यार्पु ताल पनि कर्णालीको एक उत्कृष्ट पर्यटकिय गन्तव्य हो । प्राकृतिक रुपमा मनोरम यो ताल २.६ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको छ भने ४ मिटर औषत गहिराई रहेको छ । यहाँ कर्णाली प्रदेशको राजधानी सुर्खेत तथा राप्ती राजमार्ग दाङ हुदै रुकुम पश्चिम सदरमुकाम खलंगाबाट करिव साढे दुई घण्टाको पैदल यात्रापछी पुग्न सकिन्छ ।
लेखकःयुगपोष्टका कणाली प्रदेश संयोजक  िदपक वुमी हुन । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search