१४ श्रावण २०८२ १९:२१
१४ श्रावण २०८२ १९:२१
जुम्ला – जुम्लाका किसानलाई काँचो स्याउ टिप्न रोक लगाइएको छ । कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ गतेपछि मात्र स्याउ टिप्न सूचित गरेको हो । कसैले सूचनाको पालना नगरी काँचो स्याउ टिपेको पाएमा वा बजारमा खरिद गर्ने व्यापारी र किसान दुवैलाई कानूनी कारबाही गरिने कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो । काँचो स्याउ टिप्दा स्वाद, गुणस्तर र बजारमा समेत असर पर्छ । दीर्घकालीन 'ब्रान्ड' र बजार मूल्यमा समेत असर पार्ने भएकाले जुम्लाका आठ वटै पालिकाको कृषि शाखा र किसानलाई सार्वजनिक सूचनामार्फत जानकारी गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । त्यसै अनुसार तातोपानी गाउँपालिकाले पनि भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न…