८ असार २०८१ ०९:५४
८ असार २०८१ ०९:५४
अँध्यारो रातमा स्वा स्वा आवजले झस्किएँ ! मध्य रातमा म चिच्चाएँ कराएँ रोएँ मस्त रातसँग सुतेको गाउँले न मलाई सुन्यो न देख्यो ! गिद्द्ले सिनो लुछे झै मेरा स्तनहरु मेरो नितम्ब ! रक्ताम्य बनाए चपाइएका मेरा कलिला ओठ मेरो अस्तित्व लुटिएको छाउगोठ ! आज भत्काइयो रे म , मेरो भत्किएको मन जोड्न कुन रसाएनको प्रयोग गरुँ बिन्ती मेरो ! मेरो !!!! अस्तित्व लुट्ने दानबको पार्टी सदस्यता न हेरिदिनु मेरा बा को पार्टी नहेरी दिनु म जस्तै तपाईंको छोरीले छाउ गोठको घाउ बोकेर पटक पटक मर्नु नपरोस् ✒️ हिक्मत रावल अछाम