३१ श्रावण २०८२ १४:१६
३१ श्रावण २०८२ १४:१६
उता विशेष अदालतले ८ वर्ष कैद सुनायो यता उनले निर्माण गरेको भरत ताल भाइरल भएको छ। सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । २१ साउनमा विशेष अदालतले मेयर थापा, नगरपालिकाका कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेललाई ताल निर्माणका क्रममा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) हिनामिना गरेको प्रमाणित गर्दै दोषी ठहर गरेको थियो । बिहीबार सजाय निर्धारण गर्दै अदालतले थापा, पोखरेल र पौडेललाई जनही ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना गर्ने आदेश दिएको हो । साथै, पीडित राहत कोषमा ४०…