Yug Post

उता अदालतले८ वर्ष कैद फैसला ,यता उनले निर्माण गरेको भरत ताल भाइरल

Advertisement

उता विशेष अदालतले ८ वर्ष कैद सुनायो यता उनले निर्माण गरेको भरत ताल भाइरल भएको छ।

सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

२१ साउनमा विशेष अदालतले मेयर थापा, नगरपालिकाका कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेललाई ताल निर्माणका क्रममा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) हिनामिना गरेको प्रमाणित गर्दै दोषी ठहर गरेको थियो ।

बिहीबार सजाय निर्धारण गर्दै अदालतले थापा, पोखरेल र पौडेललाई जनही ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना गर्ने आदेश दिएको हो । साथै, पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति बुझाउन पनि आदेश भएको छ ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा थापा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए ।

नगर प्रमुख थापाको विशेष पहलमा करिब १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ १५ देखि ४५ फिटसम्म रहेको छ। 

मेयर थापाले निर्माण गरेको देशकै सबैभन्दा ठुलो कृतिम तालमा इलोक्टोनिक ढुंगामा सयर गर्दै आन्तरिक तथा भारतीय पर्यटनक हरु रमाईरहेको ,भिडियो किलिप सामाजिक संजालमा भाइरल भैरहेको छ।

नगरपालिकाले यो ताल बाट बार्षिकरुपमा झण्डै १ अर्ब आमदानी गरिएको छ।अदालतको फौसला बारे त्याहाँका स्थानीयले मेयरलाई विपक्षी पार्टी भएकोले त्यसो गरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search