Yug Post

दक्षिण कोरियामा पहिलो पटक भूतपूर्व राष्ट्रपति र भूतपूर्व प्रथम महिला एकै समय जेलमा

Advertisement

२८ साउन । अदालतको आदेशपछि दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई गिरफ्तार गरिएको छ । शे

अर बजारमा अनुचित प्रभाव पारेको, चुनावमा हस्तक्षेप गरेको र घुस लिएको आरोपमा अदालतले उनीविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो। आफूविरुद्ध लगाइएका आरोपहरू उनले अस्वीकार गरेकी छन्

गत महिना उनका पति यून सुक यउललाई गिरफ्तार गरिएको पृष्ठभूमिमा एकै समयमा जेलमा हुने उनीहरू पहिलो पूर्वराष्ट्रपति दम्पती बनेका छन् । देशमा राजनीतिक उथलपुथल निम्त्याउने गरी गत वर्ष असफल मार्शल कानुन लागु गर्ने अभियोगमा यून सुक यउललाई गत महिना पुनः गिरफ्तार गरिएको थियो ।
चार घण्टा लामो सुनुवाइ
राजधानी सोलमा मङ्गलवार चार घण्टा लामो सुनुवाइका क्रममा किम गन हीले सबै आरोपहरू अस्वीकार गरिन्। तर जेलबाहिर रहँदा प्रमाणहरू नष्ट गर्न सक्ने आशङ्कामा एक वरिष्ठ न्यायाधीशले उनलाई गिरफ्तार गर्न आदेश दिए। हुन त दक्षिण कोरियामा भूतपूर्व राष्ट्रपतिहरू मुद्दा र जेलमा पर्ने गरेका दृष्टान्त छन्, तर पहिलो पटक भूतपूर्व राष्ट्रपति र भूतपूर्व प्रथम महिला एकै समयमा जेलमा छन्।

गत वर्ष मार्शल कानुन लागु गर्ने असफल प्रयास गरेका यूनलाई शुरूमा गत ज्यानुअरीमा मुद्दा चलाउन गिरफ्तार गरिएको थियो। देशमा अस्तव्यस्ता निम्त्याएको मार्शल कानुन लागु गर्ने प्रयासले अन्ततः यूनको पद पनि गयो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search