८ मंसिर २०८२ ०८:०१
८ मंसिर २०८२ ०८:०१
मंसिर ६,घाेराही दाङ — अध्ययन मञ्च, दाङको सह–आयोजनामा फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव दाङको घोराहीस्थित सिद्धार्थ एकेडेमीमा सम्पन्न भएको छ। साहित्य, कला र संवादलाई केन्द्रमा राखेर आयोजना गरिएको यो उत्सवमा विभिन्न विधाका चर्चित व्यक्तित्वहरूको सहभागिता रहेकाे थियो । उत्सवअन्तर्गत ‘चमेलीको फूल बैजनी रुमाल’ मा लेखक सुबिन भट्टराई सँग प्रसना बस्नेतकाे सहजीकरणमा उनका नयाँ तथा चर्चित कृतिहरू, युवापुस्तासँगको सम्बन्ध र सिर्जनात्मक यात्राबारे साहित्यिक विमर्श भयो । यसैगरी, ‘स्वस्पर्शको स्पर्श’ लेखक डा. नवराज केसीसँग घनश्याम अस्तित्वले विचार–विमर्श गरेका थिय । लेखन, जीवन–अनुभूति र साहित्यिक दृष्टिकोणबारे संवाद भएको थियोे । ‘ज्ञानिका’का लेखक ददि सापकोटासँग डा. सुदीप गौतमले काव्यचिन्तन, समकालीन साहित्य र ज्ञानका विभिन्न…