मंसिर ६,घाेराही दाङ — अध्ययन मञ्च, दाङको सह–आयोजनामा फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव दाङको घोराहीस्थित सिद्धार्थ एकेडेमीमा सम्पन्न भएको छ। साहित्य, कला र संवादलाई केन्द्रमा राखेर आयोजना गरिएको यो उत्सवमा विभिन्न विधाका चर्चित व्यक्तित्वहरूको सहभागिता रहेकाे थियो ।
उत्सवअन्तर्गत ‘चमेलीको फूल बैजनी रुमाल’ मा लेखक सुबिन भट्टराई सँग प्रसना बस्नेतकाे सहजीकरणमा उनका नयाँ तथा चर्चित कृतिहरू, युवापुस्तासँगको सम्बन्ध र सिर्जनात्मक यात्राबारे साहित्यिक विमर्श भयो ।
यसैगरी, ‘स्वस्पर्शको स्पर्श’ लेखक डा. नवराज केसीसँग घनश्याम अस्तित्वले विचार–विमर्श गरेका थिय । लेखन, जीवन–अनुभूति र साहित्यिक दृष्टिकोणबारे संवाद भएको थियोे ।
‘ज्ञानिका’का लेखक ददि सापकोटासँग डा. सुदीप गौतमले काव्यचिन्तन, समकालीन साहित्य र ज्ञानका विभिन्न तहहरूबारे दृष्टिकोण प्रस्तुत गरे। उनिसंग बन,प्रकृति र बन्यजन्तु सम्बन्धित खाेज,अध्यन कुराहरू बारे छलफल भएको थियोे ।

त्यसैगरी, ‘युगदेखि युगसम्म’का लेखक महानायक राजेश हमालसँग सूर्य बिसीकाे सहजीकरणमा नेपाली फिल्म उद्योग, कलाको यात्रा, समाज र संस्कृति प्रति उनीका धारणाहरू प्रस्तुत गरिए। पाठक तथा साहित्यप्रेमीको उल्लेखनीय सहभागितामा सम्पन्न फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सवले दाङको साहित्यिक वातावरणमा नयाँ उत्साह थपेको आयोजकले जनाएको छ।


