Skip to main content

Yug Post

गण्डकीमा गाँजाखेतीलाई नियमन गर्न बनेको विधेयक’विषयगत समितिमा

Advertisement

कास्की – गण्डकी प्रदेशसभाले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ । गएको सोमवार प्रदेशसभा बैठकमा प्रस्तुत भएको विधेयकलाई हिजोको प्रदेशसभा बैठकले संशोधन प्रस्तावसहित दफावार छलफलका लागि विषयगत समितिमा पठाएको हो ।प्रदेश सरकारले लागूऔषधसम्बन्धी सङ्घीय ऐन र अन्य प्रचलित कानूनसँग नबाझिने गरी गाँजाखेतीसम्बन्धी कानून बनाउने तयारी गरेको प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले जानकारी दिनुभयो । प्रदेश सरकारले गाँजाखेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार पारेको हो । जसमा प्रतिव्यक्ति निवेदन दस्तुरको पाँच हजारदेखि खरिद बिक्रीसँगै आयात–निर्यातका लागि एक करोड ५० लाख रुपैयाँसम्म तिरेर अनुमति लिनुपर्ने पाउने व्यवस्था गरिएको छ ।

गाँजाखेतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । अनुमतिविना गाँजाखेती, ओसारपसार र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search