Yug Post

Breaking News 1

पुण्य गौतमको टाउकोमा रड प्रहार आईसियुमा राखेर उपचार हुँदै

पुण्य गौतमको टाउकोमा रड प्रहार आईसियुमा राखेर उपचार हुँदै

अपरिचित समुहको सांघातिक आक्रमणमा परी पुण्य गौतम गम्भिर घाईते आईसियुमा राखेर उपचार हुँदैछ । पछिल्लो समय पीडित हरुको सेवामा निरन्तर लागिरहेका पुण्य गौतम माथि अपरिचित समुहले सांघातिक आक्रमण गर्दा उहाँ गम्भिर घाईते हुनु भएको छ । वहाँको टाउकोमा ४ ओटा रड प्रहार गरिएको छ र टाउको फुटेको छ । अहिले पुण्य गौतमलाई मेडिकल कजेलको आईसियुमा राखिएको छ । कसरी यो घटना भयो यसको कारण के हो भन्ने अनुसन्धान भैरहेकोले अहिले यस विषयमा केही भन्न नसकिने प्रहरीले युगपोष्टसँ बताएको छ।
Read More
सिधा कुरा डटकमका प्रकाशक र सम्पादक माफी  मागेर सात दिनमा जेलमुक्त भएका छन् ।

सिधा कुरा डटकमका प्रकाशक र सम्पादक माफी मागेर सात दिनमा जेलमुक्त भएका छन् ।

काठमाडौं । सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानाले अदालतसमक्ष लिखित माफी मागेर सात दिनमा जेलमुक्त भएका छन् । अदालतको अवहेलनामा नौ न्यायाधीशको बृहत् पूर्ण इजलासबाट दोषी ठहर भएका उनीहरूलाई अदालतसमक्ष लिखित माफी मागे सात दिन र माफी नमागे तीन महिना कैद सजाय तोकेको थियो ।  फैसलाको सतर्तअनुसार उनीहरूले थुनामै बसेर माफीका लागि सर्वोच्च अदालतमा कानुन व्यवसायीमार्फत गत बिहीबार निवेदन दिएका थिए । शुक्रबार फाँटबाट निवेदन स्वीकृत भएको पत्र केन्द्रीय कारागार जगन्नाथ देवलमा पुगेपछि दुवैजना रिहा भएका हुन् । रिहा भएसँगै उनीहरुले ´एउटा समाचार बनाए बापत हामीहरु कारागार बस्नु परेको थियो यस्ता थुप्रै समाचार लेख्नु पर्ने छ।`…
Read More
चितवनको टोपेखोलामा माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् ।

चितवनको टोपेखोलामा माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् ।

२० असोज, चितवन । चितवनको टोपेखोलामा माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् । चितवनको नारायणगढ-मुग्लिङ सडकमा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले…
Read More
हमास समुहले बेपत्ता बनाइएका ६४ जनाको अवस्था अझै अज्ञात

हमास समुहले बेपत्ता बनाइएका ६४ जनाको अवस्था अझै अज्ञात

हमास लडाकू समूहले इजरायलमा आक्रमण गर्दा बन्धक बनाएकामध्ये ६४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । इजरायलमा आक्रमण शुरू गर्दा हमास लडाकूले दुई सय ५१ जनालाई गाजा पट्टीमा लगेका थिए । आक्रमणको एक वर्षपछि पनि दुई बालबालिकासहित ५२ पुरुष र १० महिलागरी ६४ जना अझै बन्धक छन् । उनीहरू जीवित नै रहेको हुन सक्ने इजरायलको विश्वास रहेको समाचार संस्था एएफपीले जनाएको छ । गाजा पट्टीमा प्यालेस्टिनी लडाकू समूहका लागि ती बन्धकहरू इजरायलसँग युद्धविराम वार्ता गर्न र इजरायली जेलमा थुनिएका प्यालेस्टिनी कैदीको रिहाइ गर्न माध्यमका रुपमा रहेका छन् । सन् २०२३ अक्टोबर ७ तारिखमा हमास लडाकूले दुई सय ५१ जना…
Read More
वर्षाको कारण  देशकै  बढी मानवीय क्षति झ्यापले खोलामा ३५ जनाको शव भेटियो ।

वर्षाको कारण देशकै बढी मानवीय क्षति झ्यापले खोलामा ३५ जनाको शव भेटियो ।

झ्याप्ले खोलामा सडक माथि बाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेका मध्ये ३५ जनाको शव भेटिएको छ ।  असोज ११ गते देखी भएको विषण वर्षाको कारण धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित आएको पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको हो ।  अहिलेपनि उद्धार कार्य जारी रहेको र २६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।  
Read More
आजदेखी नै क्रमिक रुपमा माैसम सुधार हुदै

आजदेखी नै क्रमिक रुपमा माैसम सुधार हुदै

काठमाण्डौ – आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बाँकी प्रदेशका पनि थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट…
Read More
लगातार बर्षासंगै ९९ काे ज्यान गएकाे छ भने ७२ बेपत्ता

लगातार बर्षासंगै ९९ काे ज्यान गएकाे छ भने ७२ बेपत्ता

काठमाण्डौ – वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाले ज्यान गुमाएको तथ्याङ्क छ । ७२ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाण्डौ उपत्यकामा ४८ जनाको ज्यान गएको छ । जसमा काठमाण्डौमा २५, ललितपुरमा १८ र भक्तपुरमा पाँच जनाको ज्यान गएको हो । मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकबाट ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।  
Read More
समाजवादी मोर्चाको औपचारिक  विघटन माडी रोल्पाबाट सुरु भयो

समाजवादी मोर्चाको औपचारिक विघटन माडी रोल्पाबाट सुरु भयो

रोल्पाको माडीमा समाजवादी मोर्चामै भएको निर्वाचित अध्यक्षलाई तथ्य हिनआरोप लगाए पछी मोर्चा भंग भएको छ ।    नेकपा( माओवादी केन्द्र ) माडी गाउँ समितिका कार्यबाहक अध्यक्ष भरत बहादुर वुढा मगर ´वृतान्त` र सचिव विर बहादुर घर्ती ´हावा` द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निराधार तथ्य बिहिन आरोपले बदनाम गर्न खोजेपछि समाजवादी मोर्चाको माडी गाउँ समिति भङ्ग भएको घोषणा गर्दछौं । कर्मचारीहरुले अरु ९० प्रतिशत हामीले भाग लगाई सक्यौं तपाईलाई १० प्रतिशत ३६ लाख बाकी छ भनेर दिदै थिए मैले यति रकम खान्न भनेर उतै फालिएको हो भनेर गाउँपालीका अध्यक्ष अमरसिंह घर्तीमगरले हामीसँग भनेर भ्रष्टाचार स्वीकार गरेका छन्…
Read More
सप्तकोसीमा खसेको बसबाट सबै यात्रुको सकुशल उद्धार

सप्तकोसीमा खसेको बसबाट सबै यात्रुको सकुशल उद्धार

विराटनगर । विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको बस सप्तकोशी नदीमा खसेको छ । साँझ ६ बजेतिर यात्रुबहाक बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको सुनसरी प्रहरीका अनुसार जनाएको छ। सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।
Read More
तामझाम सहित उद्घाटन गरेको गाउँपालीकाको नाम र केन्द्र कार्यान्वयन नगर्न सर्बोच्चको आदेश

तामझाम सहित उद्घाटन गरेको गाउँपालीकाको नाम र केन्द्र कार्यान्वयन नगर्न सर्बोच्चको आदेश

सर्बोच्च अदालतले अन्तरिम आदेश गर्दै भन्यो अन्तरिम निर्णय नआए सम्म नाम गंगादेब र केन्द्र सानाडाडा नै हुन्छ । रोल्पाको १० वटा स्थानीय तह मध्ये तीन वटा स्थानीय तहको नाम जनयुद्धमा सहिद भएका व्यक्तिको नामबाट राखिएको छ। जसमा सुनिल स्मृति ,परिवर्तन र गंगादेब गाउँपालीका हुन् । माओवादी नेता विरबहादुर खत्री गाउँपालीका अध्यक्षमा निर्वाचित भएपछि २०६४/११/१४ मा स्थानीय सरकार संचालन २०७४ को दफ्फा ४(५) अनुसार सुकिदह परिवर्तन गरेर गंगादेब र पालीका केन्द्र सानाडाडा बनाएका थिए । कांग्रेसका उम्मेदवार हरी पुनले २०७९ को स्थानीय चुनाब बाट अध्यक्ष भएपछि फेरि नाम र केन्द्रको बिषय मुख्य बनाएर गंगादेब नाम परिवर्तन गरेर सुकिदह र केन्द्र सुखाओडार…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search