Skip to main content

Yug Post

तामझाम सहित उद्घाटन गरेको गाउँपालीकाको नाम र केन्द्र कार्यान्वयन नगर्न सर्बोच्चको आदेश

Advertisement

सर्बोच्च अदालतले अन्तरिम आदेश गर्दै भन्यो अन्तरिम निर्णय नआए सम्म नाम गंगादेब र केन्द्र सानाडाडा नै हुन्छ ।

रोल्पाको १० वटा स्थानीय तह मध्ये तीन वटा स्थानीय तहको नाम जनयुद्धमा सहिद भएका व्यक्तिको नामबाट राखिएको छ। जसमा सुनिल स्मृति ,परिवर्तन र गंगादेब गाउँपालीका हुन् ।

माओवादी नेता विरबहादुर खत्री गाउँपालीका अध्यक्षमा निर्वाचित भएपछि २०६४/११/१४ मा स्थानीय सरकार संचालन २०७४ को दफ्फा ४(५) अनुसार सुकिदह परिवर्तन गरेर गंगादेब र पालीका केन्द्र सानाडाडा बनाएका थिए ।

कांग्रेसका उम्मेदवार हरी पुनले २०७९ को स्थानीय चुनाब बाट अध्यक्ष भएपछि फेरि नाम र केन्द्रको बिषय मुख्य बनाएर गंगादेब नाम परिवर्तन गरेर सुकिदह र केन्द्र सुखाओडार भएको भन्दै गाउँ सभाबाट २०७९/०३/३१ गते निर्णय गर्‍यो । त्यसैलाई आधार बनाएर केपि ओली सरकारले २०८१/०६/२० त्यहीँ निर्णय गरेको थियो ।

भाद्र २१ गते नै नाम सुखिदह र केन्द्र सुखाओडार भयो भन्दै सुखाओडारमा उदघाट्न कार्यक्रम गरेका थिए भने उता निवर्तमान अध्यक्ष बिरबहादुर खत्री लगायतको टिम कानुन बिपरित भयो भन्दै सर्बोच्चमा रिड दिन काठमाडौ पुगिसकेका थिए।

त्यस निवेदनमा अन्तरिम आदेश गर्दै सर्बोच्चले भन्यो स्थानीय सरकार संचालन २०७४ को दफ्फा ४(५) मा गाउँपालीकाको पहिलो निर्वाचन भएको मितिले छ महिना भित्र नाम वा केन्द्र परिवर्तनका लागी एक पटकका लागी गाउँ सभाको बहुमतबाट नेपाल सरकारलाई सिफारिस गर्न सक्ने व्यवस्था छ । त्यहीँ बमोजिम नभएकाले अन्तरिम निर्णय नआए सम्म नाम गंगादेब र पालीकाको केन्द्र सानाडाडा नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search