Skip to main content

Yug Post

हमास समुहले बेपत्ता बनाइएका ६४ जनाको अवस्था अझै अज्ञात

Advertisement

हमास लडाकू समूहले इजरायलमा आक्रमण गर्दा बन्धक बनाएकामध्ये ६४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । इजरायलमा आक्रमण शुरू गर्दा हमास लडाकूले दुई सय ५१ जनालाई गाजा पट्टीमा लगेका थिए ।

आक्रमणको एक वर्षपछि पनि दुई बालबालिकासहित ५२ पुरुष र १० महिलागरी ६४ जना अझै बन्धक छन् । उनीहरू जीवित नै रहेको हुन सक्ने इजरायलको विश्वास रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

गाजा पट्टीमा प्यालेस्टिनी लडाकू समूहका लागि ती बन्धकहरू इजरायलसँग युद्धविराम वार्ता गर्न र इजरायली जेलमा थुनिएका प्यालेस्टिनी कैदीको रिहाइ गर्न माध्यमका रुपमा रहेका छन् ।

सन् २०२३ अक्टोबर ७ तारिखमा हमास लडाकूले दुई सय ५१ जना बन्धक बनाएकोमा एक सय १७ जना मुक्त भइसकेका छन् । जीवित रहेको विश्वास गरिएका ६४ मध्ये ५७ जना इजरायली हुन् । अन्य ६ जना थाई नागरिक र एक जना नेपाली युवा विपिन जोशी हुन् । बन्धकमध्ये बाँकी ७० जना मृत भेटिएको यसअघि नै पुष्टि गरेकोमा ३३ जनाको शव अझै गाजामा नै रहेको खबरमा उल्लेख छ

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search