२० बैशाख २०८२ १८:५८
२० बैशाख २०८२ १८:५८
कृष्ण अधिकारी दाङ / नेपाली संगीत क्षेत्रले फेरि एउटा नयाँ स्वाद पाएको छ। चर्चित गायक तथा कलाकार कृष्ण रेउलेको नयाँ म्युजिक भिडियो ‘कुरै खलास’ युट्युबमार्फत सार्वजनिक भएको छ। लोक र आधुनिक शैलीको उत्कृष्ट संयोजनमा तयार पारिएको यो गीतले छोटो समयमै दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ। गीतमा कृष्ण रेउले, एलिना चौहान र रेश्मा पुनको सशक्त स्वर रहेको छ भने सुकदेव अधिकारी, रुपी सिञ्जाली र प्रेमा राणाले समूह भोकलमार्फत गीतलाई अझ सजीव बनाएका छन्। गीतका सर्जक मनजित पुन, संगीतकार ऋषि खड्का, र संगीत संयोजक बिमल छिनाल हुन्। गीतको रेकर्डिङ गतिशील स्टुडियोमा भएको हो जहाँ लक्ष्मण विश्वकर्मा रेकर्डिस्टका रूपमा रहेका…