Yug Post

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोराहीले नेताहरुको कार्य विभाजन

Advertisement

घोराही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोराहीले नेताहरुको कार्यविभाजन गरेको छ ।
नगर समितिका अध्यक्ष खिमबहादुर चौधरीको अध्यक्षतामा घोराहीमा सम्पन्न तेस्रो पूर्ण बैठकले विभाग र वडा सल्लाहकार तोकेको हो ।

जसअनुसार वडा इञ्चार्जहरु वडा नं. १ मा भीमसेन बुढा, २ मा रोमकुमार पौडेललाई वडा इञ्चार्ज तोकिएको छ । यसैगरी वडा नम्बर ३ मा इञ्चार्ज सुमन रोका र सह इञ्चार्जमा पार्वती सुवेदी, खड्गबहादुर नेपाली, ४ मा इञ्चार्ज गिरबहादुर महरा, सहइञ्चार्जमा रिखा शर्मा, ५ मा इञ्चार्ज गोपाल पुरी, सह इञ्चार्ज तिलक पुन, वडा नं. ६ मा इन्चार्ज चन्द्रबहादुर पुन, सह इञ्चार्जहरु केशवबहादुर महरा र राधिका पुन चौधरी, ७ मा इञ्चार्ज चुमान चौधरी, सह इञ्चार्जहरुमा अरुण शेर्पाइली र रुपना चौधरी, ८ मा इञ्चार्ज पीताम्बर वली, सहइञ्चार्जहरु रामपति चौधरी र तिलक रावत, ९ मा इञ्चार्ज गिरिराज डाँगी, सहइञ्चार्जहरु नेत्र डाँगी र फूलमान चौधरी, १० मा इञ्चार्ज बुद्धि चौधरी, सहइञ्चार्जहरु दिलीप भण्डारी र वृहस्पति सुनार, ११ मा इञ्चार्ज प्रकाशचन्द्र विक र सह इञ्चार्जहरु ज्ञानबहादुर वली र शितली चौधरी, १२ मा इञ्चार्ज राजेन्द्र बुढा, सहइञ्चार्जहरुमा मनप्रसाद चौधरी र भागिता बुढा, १३ मा इञ्चार्ज मोहन घर्ती, सहइञ्चार्जहरु इन्द्रा बुढा र मानबहादुर शाही, १४ मा इञ्चार्ज नैनाकुमारी चौधरी, सह इञ्चार्ज कुमबहादुर पुन, १५ मा इञ्चार्ज ताराप्रसाद भुसाल, १६ मा इञ्चार्ज कुशल देवकोटा र पार्वता वली सहइञ्चार्जमा रविन बोहोरा, पार्वती वली, १७ को इञ्चार्ज रेमन्ता पुन सह इञ्चार्जहरुमा दिलबहादुर वली र डोरबहादुर खड्का, १८ को इञ्चार्ज सुरेश बुढाथोकी, सह इञ्चार्ज सुरश बुढा र १९ को इञ्चार्जमा हरि थापा, सह इञ्चार्ज गोविन्द घर्ती रहनुभएको छ ।

यसैगरी विभिन्न विभागहरु गठन गरेको छ । जसअनुसार प्रशासन विभागमा शक्तिराम डाँगी, वन वातावरण विद्युत तथा खानेपानी विभाग सुमन रोका, कृषि सहकारी तथा भुमिसुधार दिलकुमारी बुढा, भौतिक पूर्वाधार तथा यातायात दिलकुमारी बुढा, न्याय समन्वय विभागमा भने विक उदय, शिक्षा तथा स्वास्थ्य विभाग खिमबहादुर चौधरी, स्कुलिङ विभाग खिमबहादुर चौधरी, संगठन विभाग वसन्त चौधरी र रेमन्ता पुन, स्वास्थ्य विभाग रेमन्ता चौधरी र सिलाइकटाइ बुनाइमा मनिषा पुन रहनुभएको छ । फ्य्राक्सन इञ्चार्जतर्फ एकीकृत अखिल नेपाल शिक्षक संगठनको इञ्चार्ज गिरिराज डाँगी, थारु मुक्ति मोर्चा खिमबहादुर चौधरी, अखिल नेपाल टे«ड युनियन महासंघ दीपक विक, अखिल नेपाल किसान संघ रेमन्ता पुन, अखिल क्रान्तिकारी गिरबहादुर महरा, दलित मुक्तिमोर्चा प्रकाश चन्द्र विक, मगर मुक्ति मोर्चा भने विक उदय, वाइसिएल कुशल बुढा, अनेमसंघ क्रान्तिकारी नैनाकुमारी चौधरी, उद्योग व्यापार महासंघमा विकास वली, मुस्लिम मोर्चा इनामुल रहमान र आदिवासी जनजातिको इञ्चार्ज खिमबहादुर चौधरी रहनुभएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड), जिल्ला संयोजक हरिमान पुन (बरुण), जिल्ला सचिव विश्वराज आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको बारेमा नगर इञ्चार्ज तुलसी डाँगी (मिलन)ले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव वसन्त चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search