Yug Post

सिराहामा ६२ वर्षीय एक पुरुषले अर्का २७ बर्षिय पुरुषलाई खुकुरी प्रहार

Advertisement

जनकपुरधाम , सिराहामा ६२ वर्षीय एक पुरुषले अर्का २७ बर्षिय पुरुषलाई खुकुरी प्रहार गरेका छन् ।

कुटपिट तथा खुकुरी प्रहारबाट घाइते भएका देवकुमारको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए । उनको टाउको, घाँटी र ढाडमा चोट लागेको छ । अवस्था भने सामान्य रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

घटनामा संलग्न ६२ वर्षीय जिवछ महतोसहित उनका परिवारका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने एकजना भने फरार छन् ।

जिवछसँगै उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा २१ वर्षीय मनिष महतोलाई प्रहरीले पक्राउ गरेको हो । खुकुरी प्रहार गर्ने जिवछका १९ वर्षीय छोरा मुकेश महतो भने फरार रहेको डिएसपी पासवानले जानकारी दिए ।

प्रहरीका अनुसार जिवछका छोरा मनिषले चलाइरहेको मोटरसाइकलले स्थानीय नथुनी महतोका छोरा देवकुमारलाई छोएपछि विवाद भएको थियो । त्यसपछि जिवछ महतोका परिवारका सदस्यहरु मिलेर देवकुमारलाई कुटपिट गरेका थिए । यो घटना बुधबारको भए पनि ढिलोमात्र सार्वजनिक भएको हो । अनलाइनखबरलाई प्राप्त घटनास्थलको भिडियोमा मुकेशले पटकपटक देवकुमारमाथि प्रहार गरेको देखिन्छ ।

पीडित पक्षबाट आक्रमण गर्ने विरुद्ध इलाका प्रहरी कार्यालय लहानमा ज्यान मार्ने उद्योगमा जाहेरी परेको थियो । त्यसपछि प्रहरीले घटनामा संलग्न जिवछसहित तीनजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search