Yug Post

अबोध गर्भवती भैंसीलाई किन यस्तो परिस्थिति आईलाग्यो

Advertisement

शरीरको सम्पूर्ण छाला जलेको गर्भवती भैंसी हृदयविदारक सामाजिक संजालमा भाइरल छ ।

दुवै आँखा फुटेको छ । मुखबाट फिँज आइरहेको छ । न कराउन सक्छ, न खान न सुस्ताउन । भिडियो पोस्ट गर्दै सनम विकले लेखेका छन्, ‘उनी पनि एउटी आमा हुन् । उनको श्राप र आँशु लाग्नेछ ।’

असह्य जलन, तिर्खा, भोक र पीडा खेप्नुपर्ने बाध्यता कसरी आइलाग्यो त्यो अबोध प्राणीलाई ? त्यसमाथि गर्भावस्थामा ?

घटना, बाग्लुङको तारखोला गाउँपालिकास्थित भुस्कात गाउँको हो । गएको १७ गते राति करिब साढे ११ वा १२ बजेतिर गोठमा अचानक आगो सल्कियो । गोठमा काली भैंसी र उनकै डेढ वर्षको राँगो थियो ।

राँगो आगोमा जलेर त्यही बेला मर्‍यो । गर्भवती भैंसी भने मृत्युभन्दा कष्ट खेप्दै बाँचिन् । भैंसीको त्यो हालत हेर्न नसकिने खालको थियो । त्यसैले स्थानीय भेटेनरी बोलाएर ‘युथोनाईज’ गरियो । यो भनेको कुनै पनि प्राणीलाई पीडारहित तरिकाले मृत्यु गराउने प्रक्रिया हो ।

सो भैंसी स्थानीय माया विकले पालेकी थिइन् । उनका अनुसार गोठमा कुँडो पकाउने गरिएको थिएन, बिजुली जडान गरिएको थिएन । ‘त्यहाँ आगो सल्कने केही थिएन’ मायाका कान्छो छोरो सनम विकले भने, ‘कसैले सल्काइदिएको हुनुपर्छ । तर, कसले सल्काएको भनेर पत्ता लगाउन सकिएन ।’

ज्याला मजदुरी गरेर गुजारा गरिरहेका विकले भैंसीसँगै आयस्रोत पनि गुमाएको बताए । ‘छाकमा पाँच–छ माना दूध दिने सुभानी भ‌ैंसी थियो’ सनमले भने, ‘अब ब्याउनका लागि एक महिना बाँकी थियो ।’

भैंसी जलेपछि हेर्नै नसिकने अवस्थामा भएको उनी बताउँछन् । ‘तीन दिनसम्म एकदमै बिजोग अवस्थामा बाँच्यो’ उनले भने, ‘बचाउने सकिने अवस्था पनि थिएन ।’

गोठमा कसले आगो सल्कायो, किन सल्कायो ? उनले कुनै भेउ पाएका छैनन् । कसैसँग झगडा वा रिसइवी नभएकोले शंका गर्नुपर्ने कोही नभएको उनी बताउँछन् ।

सनमका अनुसार उनकी आमा मायाले पोखरा जान नमानेर गाउँमै कृषि र पशुपालन गर्दै आएकी थिइन् । ‘पोहोर मात्र किनेको भैंसी अझै ऋण तिर्न बाँकी छ’ सनमले भने ।

‘आर्थिक रुपले निम्न परिवारको भैंसी रहेछ’ तारखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोका भन्छन्, ‘कसैले गोठमा आगो लगाइदियो भन्छन् । कसैमाथि शंका लागेको भए भन्नु, उजुरी गर्नु हामी थप सहयोग गर्नेछौं भनिरहेका छौं ।’

गोठमा गाईवस्तु जलेको यो एकमात्र घटना होइन । बेलाबखत यस्ता घटना भइरहेका छन् । खासगरी गोठमा कुँडो पकाउनका लागि आगो बाल्ने गरिएकोले त्यसैबाट आगलागी हुनसक्ने जोखिम छ । त्यसमाथि गाईवस्तु जलेमा औषधि उपचार गर्ने व्यवस्था भएको छैन ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search