Yug Post

रेउलेको ‘कुरै खलास’ म्युजिक भिडियो सार्वजनिक भए सँगै भाइरल

Advertisement

कृष्ण अधिकारी दाङ / नेपाली संगीत क्षेत्रले फेरि एउटा नयाँ स्वाद पाएको छ। चर्चित गायक तथा कलाकार कृष्ण रेउलेको नयाँ म्युजिक भिडियो ‘कुरै खलास’ युट्युबमार्फत सार्वजनिक भएको छ। लोक र आधुनिक शैलीको उत्कृष्ट संयोजनमा तयार पारिएको यो गीतले छोटो समयमै दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ।

गीतमा कृष्ण रेउले, एलिना चौहान र रेश्मा पुनको सशक्त स्वर रहेको छ भने सुकदेव अधिकारी, रुपी सिञ्जाली र प्रेमा राणाले समूह भोकलमार्फत गीतलाई अझ सजीव बनाएका छन्। गीतका सर्जक मनजित पुन, संगीतकार ऋषि खड्का, र संगीत संयोजक बिमल छिनाल हुन्। गीतको रेकर्डिङ गतिशील स्टुडियोमा भएको हो जहाँ लक्ष्मण विश्वकर्मा रेकर्डिस्टका रूपमा रहेका छन्। साथै, हेमन्त कान्छा रसाइलीले सारंगी वादन गरेका छन्।

भिडियोलाई निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन्। भिडियोमा चर्चित नायिका प्रियंका कार्कीसँगै कृष्ण रेउले, बिमल अधिकारी, विक्रम बुढाथोकी, विजय पुन, करिश्मा शाही र जोयम पुनको अभिनय देख्न सकिन्छ।

भिडियोको छायांकन अजय रेग्मी, सम्पादन तथा रंग संयोजन विकास ज्ञवालीले गरेका छन् भने कोरियोग्राफी युमी बालामीले सम्हालेकी छन्।

गीत युट्युबमा सार्वजनिक भएसँगै दर्शकमाझ लोकप्रिय बनिरहेको छ। टिकटकमा पनि गीतका विभिन्न क्लिप्स भाइरल भइरहेका छन्। नेपाली संगीतमा नयाँ तरंग ल्याउने प्रयासको रूपमा ‘कुरै खलास’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search