१४ श्रावण २०८२ १९:२७
१४ श्रावण २०८२ १९:२७
धनुषा – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा हतियार प्रहार गरी एक जना बालिकाको हत्या भएको प्रहरीले जनाएको छ । त्यस्तै दुई जना घाइते भएका छन् । कटैयाचौरी भन्ने ठाउँ नजिक भएको घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी १४ वर्षीया अञ्चली यादवको ज्यान गएको प्रहरीले जनाएको छ । अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते भएका छन् । घाइते दुवै जनाकाे प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेकाे छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले हिजोराति तीनै जनामाथि हतियार प्रहार गरेका थिए । साह…