Yug Post

जनार्दन बारे अनन्तको प्रतिक्रिया ,यस्तो प्रवृत्तिले पार्टीमा अराजकता र गुटबन्दी निम्त्याउँ छ।

Advertisement

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पार्टी नेतृत्वविरुद्ध व्यक्तिगत आरोप र लाञ्छना लगाउने प्रवृत्ति स्वीकार्य नभएको चेतावनी दिएका छन्।

पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गम्भीर आरोप लगाएको विषयमा बोल्दै पुनले यस्तो प्रवृत्तिले पार्टीमा अराजकता र गुटबन्दी निम्त्याउने बताए।

पुनले भने, “पार्टीले गत वर्ष देशव्यापी परामर्श, जनवादी अभ्यास र छलफलका लागि फोरमहरू खुला गरेको थियो। केन्द्रीय कार्यालयमा हप्ता दिन बहस भयो, स्थायी कमिटी र केन्द्रीय समितिमा पनि विस्तृत छलफल गरियो। सबैले आफ्ना कुरा राख्ने अवसर पाए। तर, यति हुँदा पनि बाहिर व्यक्तिगत आरोप र नेतृत्वको खण्डन गर्ने प्रवृत्ति देखियो, जुन स्वीकार्य छैन।”

आगामी स्थायी कमिटी बैठकमा यो विषयमा गम्भीर छलफल गरी जिम्मेवारीपूर्वक निर्णय लिइने उनले बताए। “पार्टी रूपान्तरणको प्रक्रियामा छ। राम्रो कामको प्रशंसा गर्नुपर्छ, तर नेतृत्वलाई कमजोर बनाउने प्रवृत्तिमा छलफल जरुरी छ,” भनेका छन् ।

विचार र राजनीतिमा केन्द्रित माओवादी

पुनले माओवादी जनयुद्ध, जनआन्दोलन र विचारमा आधारित पार्टी भएको उल्लेख गर्दै विधि, पद्धति र आन्दोलनलाई केन्द्रमा राखेर अघि बढेको दाबी गरे। उनले भने, “माओवादी नोकरशाही संगठनमा मात्र विश्वास गर्दैन। तर, स्वच्छन्द ढंगले नेतृत्व र सहयोद्धामाथि जथाभावी टिप्पणी गर्ने, स्वीकृत कार्यदिशाविपरीत बोल्ने प्रवृत्ति देखिएको छ। यस्तो कार्यले पार्टीको मूल स्पिरिटमाथि दुरुपयोग भएको छ।”

उनले माओवादी स्वयम्सेवी आन्दोलन भएको र विचार, राजनीति र कार्यशैली मिल्नेहरूले देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए। “आत्मअनुशासन र स्वेच्छिक केन्द्रमा जोड दिन्छौं,” उनले भने।

विचलनका दुई कारण

पार्टीमा देखिएको विवादका कारणबारे पुनले दुई विचलनको चर्चा गरे। “जित्दा हौसिएर आफूलाई केन्द्रमा राख्ने वाम विचलन र हार्दा भागदौड गर्ने, अरूलाई दोष दिने दक्षिणपन्थी विचलन देखिएको छ,” उनले भने। “पार्टी तेस्रो भएर सानो भएको भन्दै मेहनत नगरी ठूलो पार्टी खोज्ने, स्वार्थ लिने प्रवृत्ति पनि देखियो।”

सरकार र आन्दोलनको सफलता

पुनले पछिल्लो १८ महिना माओवादीले सरकारको नेतृत्व गर्दा र त्यसपछि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको दाबी गरे। “अध्यक्ष प्रचण्डको नेतृत्वमा आन्दोलनलाई सर्भिसिङ गर्ने काम भएको छ। तर, सफलतापछि बाहिरबाट प्रहार र फुट गराउने प्रयास भएको छ,” उनले भने।

पार्टीभित्रको समस्यालाई आन्तरिक बहस र छलफलमार्फत समाधान गरिने उनको भनाइ छ। “हाम्रा कमजोरी स्वीकारेर जनतामाझ जान तयार छौं। तर, बाहिरी आक्रमणविरुद्ध पार्टी एकताबद्ध भएर सामना गर्नेछ,” पुनले जोड दिए

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search