Yug Post

अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौं : वर्षमान पुन

Advertisement

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले  ´अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौं `भनेर स्पष्ट पारेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रूपान्तरण गर्न भने जरूरी रहेको बताए।

प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।

‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौं। कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्राण्ड हो, हामीले उहाँलाई ब्राण्डका रूपमा स्थापित गरेका छौं। उहाँको ब्राण्ड भ्यालु राम्रो छ,’ उनले भने। 

यद्यपि अध्यक्ष प्रचण्डले पनि आफूलाई रूपान्तरणको  प्रयत्न भने गर्नुपर्ने बताए।

पुनले पटक पटक मन्त्री, सांसद भएका र दशक अघिदेखि पार्टीको महत्वपूर्ण भूमिकामा रहेका नेताहरूले बिग्रिएको जति दोष प्रचण्डको थाप्लोमा हालेर उमिक्न नपाउने स्पष्ट गरे।

‘कमरेड प्रचण्डले पनि आफूलाई रूपान्तरणको प्रयत्न गर्नुपर्छ। उहाँले त्यो गर्नैपर्छ। साथै हामी दोश्रो तेश्रो तहका नेताहरू छौं। अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौं,’ पुनले भने, ‘हामी पनि कोही अर्थमन्त्री, कोही गृहमन्त्री, कोही ऊर्जामन्त्री, कोही विभिन्न खालका मन्त्री भएका छौं। मन्त्री हुँदा या सांसदमा हुँदा, पार्टीको उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव विभिन्न जिम्मेवारीमा छौं। पार्टीलाई राम्रो बनाउने हाम्रो पनि दायित्व हुन्छ। हामीले सरकार र संसदमा हुँदा के राम्रा नराम्रा गर्‍यौं ? गर्न हुने र नहुने गर्‍यौं ? हामी आफूतिर पनि फर्कन तयार हुनुपर्छ। समीक्षा गरेर आन्दोलनलाई अगाडि बढाउन हामी तयार पनि छौं।’

कमजोरी भएका ठाउँमा आत्मालोचना गरेर आफूलाई सच्याउनुपर्ने भन्दै पुनले सापेक्षित रूपमा नेपालका अन्य दलको तुलनामा माओवादी केन्द्रका अध्यक्ष र नेताहरू अरूभन्दा असल र मुलुकको हितप्रति इमानदार रहेको दाबी गरे। 

दोस्रो तहका नेताहरूले पहिलो र पछिल्ल्लो पुस्ताबीच समन्वय र सन्तुलन मिलाएर पार्टीलाई गतिशील बनाउने भूमिका खेल्नुपर्ने उनले बताए।

‘अनुभवी र परिपक्व पहिलो पुस्ता र जोस जाँगर भएको तेश्रो पुस्तालाई मिलाउँदा पार्टी संगठन गतिशील हुन्छ। हामी दोश्रो पुस्ताका नेताहरूले अहिले त्यही भूमिका खेल्नुपर्छ। एकांकी रूपमा पुरानो ज्ञानले मात्र आजको दुनियाँ चल्दैन। नयाँ र पुराना पुस्ताले मात्र पनि चल्दैन। सबैतिर भत्काउँछु, सबै खत्तम, यो खत्तम, ऊ खत्तम म मात्र सही भनेर जता पनि ठोक्ने, जता पति गडगडाउने गरेर हुँदैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search