२९ बैशाख २०८२ ०९:३६
२९ बैशाख २०८२ ०९:३६
रोल्पा, २०८२ बैशाख २८ / टेक मगर — रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा असिना पानीले व्यापक कृषि क्षति पुर्याएको छ। २०८२/०१/१८ र २१ गते परेको असिनाले वडाभित्रका १५ वटा गाउँटोलमा बाली नष्ट पारेर ठूलो आर्थिक क्षति भएको छ। गाउँपालिकाको कृषि शाखाका अनुसार, असिनाले ७१८ रोपनी खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। कुल १५ लाख ८४ हजार ४०२ केजी उत्पादन क्षति भएको अनुमान गरिएको छ भने आर्थिक रूपमा करीब ३ करोड २३ लाख ५८ हजार ५३ रुपैयाँ बराबरको नोक्सानी पुगेको कृषि शाखाको भनाइ छ। क्षति भएका बालीहरूमा गोलभेडा, खुर्सानी, भिडे खुर्सानी, काउली, बन्दा, मकै, गहुँ लगायतका अन्न तथा तरकारीबालीहरू…