Yug Post

रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा असिना पानी पर्दा कृषि मा ठूलो क्षति, ७१८ रोपनीमा बाली नष्ट

Advertisement

रोल्पा, २०८२ बैशाख २८ / टेक मगर — रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा असिना पानीले व्यापक कृषि क्षति पुर्‍याएको छ। २०८२/०१/१८ र २१ गते परेको असिनाले वडाभित्रका १५ वटा गाउँटोलमा बाली नष्ट पारेर ठूलो आर्थिक क्षति भएको छ।

गाउँपालिकाको कृषि शाखाका अनुसार, असिनाले ७१८ रोपनी खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ। कुल १५ लाख ८४ हजार ४०२ केजी उत्पादन क्षति भएको अनुमान गरिएको छ भने आर्थिक रूपमा करीब ३ करोड २३ लाख ५८ हजार ५३ रुपैयाँ बराबरको नोक्सानी पुगेको कृषि शाखाको भनाइ छ।

क्षति भएका बालीहरूमा गोलभेडा, खुर्सानी, भिडे खुर्सानी, काउली, बन्दा, मकै, गहुँ लगायतका अन्न तथा तरकारीबालीहरू रहेका छन्।

वडा कृषि प्राविधिक तथा गाउँपालिकाका कृषि प्राविधिकहरूले क्षति भएको क्षेत्रमा गई प्रत्यक्ष अवलोकन गरी विवरण सङ्कलन गरेका थिए। उनीहरूले विभिन्न समूहको विवरण संकलन गरी निष्कर्ष निकालेका छन्।

क्षति विवरण यस प्रकार छ:
चिरेखोला समूह: १५१ रोपनीमा ६४,४३६० केजी उत्पादन क्षति, रकम ११,९९,९५३ ,शारधारा: ३३ रोपनीमा ७०,७०० केजी, १७,१०,०००, रानागाउँ: २१ रोपनीमा ७७,३५० केजी, १४,७२,५००
बासथाना: ९३ रोपनीमा ६८,२०१ केजी, २९,८५,०००
नांगा: ३६.५ रोपनीमा ६५,४०० केजी, २३,७०,०००
काउले: १५ रोपनीमा ३८,७५० केजी, ११,८९,२५०
किमचौर: ३३ रोपनीमा १,५७,००० केजी, ३५,००,००० ,माछेमूल: १०७ रोपनीमा १७,६२३ केजी, ५८,१७,३५० , राम्मीधारा: १० रोपनीमा २८,५५० केजी, ६,१७,००० ,ढोरिनी/कवरगाउँ: १५ रोपनीमा ४३,०६५ केजी, ११,६०,००० , रानीमाला: ३८ रोपनीमा १,०७,२०० केजी, ३६,९५,०००
सालमाजा: ८० रोपनीमा ८,६०० केजी, ७,६७,०००
मातृभूमि: ५०.५ रोपनीमा १,६४,७०३ केजी, ४१,८५,००० ,दर्वई: ३६ रोपनीमा आंशिक क्षति, उत्पादन तोकिएको छैन, तर क्षति रकम १६,९०,००० रहेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search