Yug Post

पत्रकारले ब्रह्मले देखेको कुरा स्वतन्त्रता पूर्वक लेख्न पाउने अवस्था छ : प्रम ओली

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारले ब्रह्मले देखेको कुरा स्वतन्त्रतापूर्वक लेख्न पाउने अवस्था रहेको बताएका छन्।

बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको गोरखापत्रले स्वतन्त्रतापूर्वक पत्रकारिता गरिरहेको बताएका छन्।

उनले राजाको शासनमा राजाको जे इसारा भयो त्यस्तै लेख्नुपर्ने बाध्यता भएको आरोप लगाए। उनले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै गोरखापत्रले पनि कसैको आदेश पालना गर्नुपर्ने अवस्थाबाट मुक्त भएको बताए।

पुरानो समयमा सम्पादकीय लेख्ने सम्पादकहरू नै सकसमा पर्ने गरेको भन्दै अहिले सरकारले कुनै किसिमको दबाब वा इसारा नगरेको बताए। गोरखापत्रले राणा शासन, राजतन्त्रलगायत विभिन्न उतारचढाव भोग्दै आफूलाई विकास गर्दै अहिलेको अवस्थामा आइपुगेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले भने, ‘धेरै उतारचढाव झेल्दै गोरखापत्रले विकास गरेको छ। अनेक प्रकारका अप्ठ्यारा होलान्, कत्ति गाह्रो थियो होला सम्पादकीय लेख्न सम्पादकहरूलाई ? कहिल्यै सरकारबाट यसो लेख उसो लेख भनेको छ र ? इसारा केही गएको छ ? सरकारले त्यता इसारा गर्दैन। प्रधानमन्त्रीबाट दबाब र नियन्त्रण केही छैन। आज तपाईंहरू आफ्नो ब्रह्मले देखेको जेसुकै लेख्न स्वतन्त्र हुनुहुन्छ।’

प्रधानमन्त्री ओलीले गोरखापत्रले मानक भाषाको रूपमा नेपाली भाषाको विकास गरेको बताए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search