Yug Post

नेकपा एमाले धनुषा जिल्ला अधिबेशनमा झडप हुँदा अध्यक्षको उम्मेदवार महासेठ घाइते

Advertisement

नेकपा (एमाले) धनुषाको आठौँ जिल्ला  अधिवेशनमा उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएपछि दुई पक्षबीच चुलिएको विवादले उग्र रूप लिएपछि झपड भएको हो । झपडमा अध्यक्ष पदका उम्मेदवार भोला यादवपक्षका सत्यनारायण महासेठ र महेश दास घाइते भएका छन् ।

महासेठ पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठका दाइ हुन् । त्यसैगरी, अर्को समूहका राजकिशोर यादव, लव अधिकारीमाथि कुटपिट गरिएको छ । झपडका क्रममा निर्वाचन समितिको कक्षमा रहेको कम्प्युटर, फोटोकोपी मेसिनसहित तोडफोड भएका छन्  ।

२० वैशाखदेखि सुरु भएको अधिवेशनमा दुई पक्षबीच नेतृत्वलाई लिएर कुरा नमिल्दा मंगलबार निर्वाचनमा जाने सहमति भएको थियो । सोही सहमतिअनुसार सोमबार राति उम्मेदवारी दर्ता भयो । सोमवार राति नै निर्वाचन समितिले मतदाता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको थियो ।

मंगलबार बिहान १० बजे मतदान सुरु गर्ने तयारी गरिएको थियो । तर, केन्द्रीय सदस्य उमाशंकर अरगरिया तथा निवर्तमान अध्यक्ष राजकिशोर यादव पक्षले आफ्नो टिमबाट उम्मेदवारी दिएका केही व्यक्तिको नक्कली हस्ताक्षर गरी उम्मेदवारी फिर्ता गराएको तथा उम्मेदवारीका लागि तोकिएको समयभित्र उम्मेदवारी नदिएका व्यक्तिको नाम उम्मेदवारको अन्तिम नामावलीमा समावेश गरिएको आरोप लगाउँदै सच्याउन निर्वाचन समितिसँग माग गरे । त्यसका लागि उनीहरू मतदानस्थलमै शान्तिपूर्ण धर्ना दिइरहेका थिए ।

अर्कोतर्फ, पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठनिकट भोला यादवका समर्थकहरूले मतदानको माग गर्दै नाराबाजी गरिरहेका थिए । त्यही समयमा दुई समूहबीच भनाभन भई स्थिति कुर्सी हानाहानसम्म पुगेको थियो । निवर्तमान अध्यक्ष राजकिशोर यादवमाथि समेत हातपात भएको छ । केन्द्रीय सदस्य उमाशंकर अरगरिया तथा निवर्तमान अध्यक्ष राजकिशोर यादवको समूहबाट लक्ष्मीनारायण यादवले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् भने महासेठको समूहबाट भोला यादव अध्यक्ष पदका उम्मेदवार हुन् । 

अगरगरिया–यादव समूहले महासेठ समूहले निर्वाचनमा धाँधली गरेको आरोप लगाएको छ । महासेठ समूह निर्वाचन गराउने पक्षमा नरहेकाले यस्तो गतिविधि गरेको केन्द्रीय सदस्य उमाशंकर अरगरियाको भनाइ छ । 

यता, महासेठ समूहले अरगरिया–यादव पक्ष कमजोर रहेकाले हारको डरलेचुनाव अवरुद्ध गर्न खोजेको आरोप लगाएको छ । महासेठ समूहले अधिवेशन प्रक्रियामा स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठको भूमिका स्पष्ट नभएको आरोपसमेत लगाएको छ ।

अध्यक्षबाहेक उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर (दिपन) र धीरेन्द्रकुमार मण्डल, उपसचिवमा विक्रम थापा, सुरेश ठाकुर र हरिकिशोर यादव तथा महिलातर्फ उपसचिवमा किरण कापर, रुकाकुमारी मिश्र र शारदा घिसिङ उम्मेदवार छन् ।

मुलुकका अन्य जिल्लामा एमालेको अधिवेशन भइसक्दा पनि धनुषामा हुन बाँकी नै छ । अधिवेशनबाट ५ पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्नुपर्ने थियो । अधिवेशनमा कुल ६३० प्रतिनिधिको थिए । तर झडपपछि स्थगित भएको अधिवेशन अब कहिले हुन्छ भन्ने निश्चित छैन ।
 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search