Skip to main content

Yug Post

प्रमुख समाचार

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानले वर्षमा कति एमबीबीएस डाक्टर उत्पादन गर्ने भयो।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानले वर्षमा कति एमबीबीएस डाक्टर उत्पादन गर्ने भयो।

घोराही , २२ भदौ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  चिकित्सा शास्त्रमा स्नातक (एमबीबीएस)का लागि ५० सिट निर्धारण गरेको छ । प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमती पाएको पछि यही कात्तिक देखि  एमबिबिएस पढाइ सञ्चालन हुने निश्चित भएको हो। जम्मा ५० जना  सिट संख्याको अनुमति पाएको मध्ये  ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबिबिएस पढ्न पाउने रजिष्ट्रार श्याम लम्सालले बताए । हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडिको पठनपाठन भइरहेको छ। अब एमविविएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। निवर्तमान सूचना तथा संचार मन्त्री तथा माओवादी नेतृ रेखा शर्माले…
Read More
जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न  अदालतले पुनर्विचार गर्ने मलाई विश्वास छ :प्रचण्ड

जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न अदालतले पुनर्विचार गर्ने मलाई विश्वास छ :प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताएका छन् । सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने…
Read More
एमाले संसद याेगेशले जनयुद्धलाई हिंसा शब्द प्रयोग गरेकोमा माओवादीकाे आपत्ति

एमाले संसद याेगेशले जनयुद्धलाई हिंसा शब्द प्रयोग गरेकोमा माओवादीकाे आपत्ति

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसद्बीच भनाभन हुँदा होहल्ला भएको छ । प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा एमालेका सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको १० वर्षे सशस्त्र विद्रोहलाई ‘हिंसा’ भनेपछि विवाद भएको हो । सांसद भट्टराईले माओवादी हिंसाका कारण बिजुली उत्पादनमा ढिलाइ भएको बताउनुभएको थियो । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भट्टराईको अभिव्यक्तिप्रति नियमापत्ति जनाएपछि पनि फेरि भट्टराईले माओवादी विद्रोहलाई एमालेले हिंसाकै रूपमा लिएको बताउनुभयो । फेरि माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाउनुभयो । भनाभन बढ्दै गएपछि माओवादीका अर्का सांसद देवेन्द्र पौडेलले एमाले सांसद भट्टराईले हिंसा शब्द प्रयोग गरिएको भाषणलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गर्नुभयो । त्यसपछि सभामुख देवराज…
Read More
यी हुन उत्कृष्ट भएका २५  मध्ये माओवादीले नेतृत्व गरेका  ११ स्थानीय तह

यी हुन उत्कृष्ट भएका २५ मध्ये माओवादीले नेतृत्व गरेका ११ स्थानीय तह

संघीय मामिला तथा सामान्य विकास मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) अनुसार देशभरका ७४९ स्थानीय तहहरुलाई गरिएको मुल्यांकनमा उत्कृष्ट भएका २५ गाउँपालिका मध्ये सबैभन्दा बढी ११ वटा नेकपा (माओवादी केन्द्र )ले नेतृत्व गरेका स्थानीय तह रहेका छन्। । त्यस्तै नेपाली कांग्रेस र नेकपा( एमाले) नेतृत्व गरेका सात सात वटा स्थानीय मात्र उत्कृष्ट २५ मा परेका छन् । संघीय मामिला तथा सामान्य विकास मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)को आ व २०७९/८० नतिजा २०८१ भदै ६ गते सार्वजनिक गरेको थियो । जस अनुसार निलकण्ठ नगरपालिका धादिङले प्राप्त अंक ९२:०० अंक प्राप्त गर्‍यो ,तिलोत्तमा नपा रुपन्देही ९२:००,रत्ननगर नगरपालिका…
Read More
उत्कृष्ट २५ मध्ये  माओवादीले नेतृत्व गरेका स्थानीय तह ११

मर्स्याङ्दी नदीमा बस  खस्दा १४ जनाको मृत्यु र १६ जना घाइते

मर्स्याङ्दी नदीमा बस खस्दा १४ जनाको मृत्यु र १६ जना घाइते

तनहुँको आँबुखैरेनी नजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुबाहक भारतीय नम्बरको बस खस्दा १४ जनाको मृत्यु र १६ जना यात्रुलाई उद्धार गरिएको छ। भारतीय नम्बर प्लेटको यात्रुवहाक बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो। सशस्त्र प्रहरीका सहप्रवक्तासमेत रहेका डिएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ। कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए। उनकाअनुसार बसमा भारतीय नागरिकहरू रहेका थिए। बसमा करिब ४० जना यात्रु रहेको अनुमान छ।घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार तीब्र…
Read More
थामेमा बाढी वितण्डा : १ बेपत्तासहित यस्तो छ सम्पूर्ण क्षति विवरण

थामेमा बाढी वितण्डा : १ बेपत्तासहित यस्तो छ सम्पूर्ण क्षति विवरण

काठमाण्डौ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिजो दिउँसो अचानक आएको बाढीले एक जना बेपत्ता भएका छन् । २० वटा घर र होटल पूर्ण रुपमा क्षति भएको छ । ३ वटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । प्रभावित १ सय ४० जनालाई होटल र आफन्तकहाँ सुरक्षित रुपमा राखिएको छ । प्रभावित क्षेत्रमा सेना र प्रहरीले उद्धार गरेका प्रमुख जिल्ला अधिकारी पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा जाने बाटो, पुलहरुमा क्षति पुगेकोले आज हेलिकप्टरमार्फत राहत लिएर जाने तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थामे बाढीबारे जानकारी लिँदै…
Read More
विद्यालय जाँदै गरेकी एक शिक्षिकाको पहिरोले पुरीएर मृत्यु

विद्यालय जाँदै गरेकी एक शिक्षिकाको पहिरोले पुरीएर मृत्यु

खोटाङ - पहिरोले पुरिएर बिहीबार बिहान विद्यालय जाँदै गरेकी एक शिक्षिकाको मृत्यु भएको छ। रावाबेसी गाउँपालिका–३ लामीडाडाँस्थित विश्वज्योति मावि जाँदै गरेकी ५७ वर्षीया साबित्रादेवी नेवारको बिहीबार बिहान पौने दश बजे पहिरोले पुरिएर मृत्यु भएको हो बाटो देखि करिब ३०–३५ मिटर माथिबाट खसेको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताएका छन् । शव पोष्टमार्टमका लागि अहिले दिक्तेल ल्याइदै छ ।
Read More
मङ्कीपक्सको प्रकोप फैलिए पछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

मङ्कीपक्सको प्रकोप फैलिए पछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

– विश्व स्वास्थ्य संगठनले अफ्रिकाका केही भागहरूमा यौन सम्पर्क देखी सास फेर्दा समेत सर्न सक्ने  मङ्कीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अहिले यो प्रकोप मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरूमा पनि फैलिरहेको बताइएको छ । छिटो फैलिरहेको सङ्क्रमण र मृत्युको दरबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्युदर उच्च रहेको भन्दै डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो । डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताए । यौन सम्पर्क, छाला सम्पर्क…
Read More
संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधि सभाबाट पारित

संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधि सभाबाट पारित

संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित भएको हो। १८ वर्ष देखि थाती रहेको शान्ति प्रक्रियाको बाकी ( टिआरसी) विधेयकमा तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका शीर्ष नेताहरूले सहमति जुटाएका थिए।  आज बैठकमा शीर्ष नेताले सम्बोधन गरेपछि विधेयक पारित भएको हो। अब शान्ति प्रक्रिया टुंगो लागेको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search