Yug Post

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानले वर्षमा कति एमबीबीएस डाक्टर उत्पादन गर्ने भयो।

Advertisement

घोराही , २२ भदौ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  चिकित्सा शास्त्रमा स्नातक (एमबीबीएस)का लागि ५० सिट निर्धारण गरेको छ ।

प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमती पाएको पछि यही कात्तिक देखि  एमबिबिएस पढाइ सञ्चालन हुने निश्चित भएको हो। जम्मा ५० जना  सिट संख्याको अनुमति पाएको मध्ये  ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबिबिएस पढ्न पाउने रजिष्ट्रार श्याम लम्सालले बताए ।

हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडिको पठनपाठन भइरहेको छ। अब एमविविएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ।
निवर्तमान सूचना तथा संचार मन्त्री तथा माओवादी नेतृ रेखा शर्माले ´नेपाल सरकारले गत आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि यथेष्ट बजेट बिनियोजन गरेको थियो भने चालु आर्थिक वर्षमा पनि आवश्यक बजेट व्यवस्था गरिएको छ । `  उनले भने ´म दाङ २ को जनप्रतिनिधिको रुपमा मेरो महत्त्वपूर्ण प्राथमिकतामा रहेको यो   परियोजना अघि बढाउन बजेट लगायत कुनै पनि क्षेत्रमा अभाव हुन नदिने मेरो प्रतिबद्धता  छ।`
हामीसँग प्रतिष्ठान अगाडी भेटिएका एक व्यवसायीले भने ´ आफ्नै आंगनमा एमबिबिएस पढाई सुरु हुन लागेको कुरा अत्यन्तै खुसिको कुरा हो।` त्यहीँ प्रतिष्ठान परीसर भित्र भेटिएका एक डाक्टरले भने ´हाम्रो पालामा एमबीबीएस पढ्न बिदेश जानुपर्ने थियो अहिले त यहीँ पढ्न पाइने भयो कति सजिलो  `

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search