Yug Post

मङ्कीपक्सको प्रकोप फैलिए पछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

Advertisement

– विश्व स्वास्थ्य संगठनले अफ्रिकाका केही भागहरूमा यौन सम्पर्क देखी सास फेर्दा समेत सर्न सक्ने  मङ्कीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अहिले यो प्रकोप मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरूमा पनि फैलिरहेको बताइएको छ । छिटो फैलिरहेको सङ्क्रमण र मृत्युको दरबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् ।

यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्युदर उच्च रहेको भन्दै डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताए । यौन सम्पर्क, छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि यो रोग सर्न सक्छ ।
यसको लक्षण फ्लु जस्तो हुन्छ भने छालामा बिविरा र घाउहरू गराउँछ जुन घातक हुन सक्छ । जसमा १०० मध्ये चार जनाको मृत्यु हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search