तनहुँको आँबुखैरेनी नजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुबाहक भारतीय नम्बरको बस खस्दा १४ जनाको मृत्यु र १६ जना यात्रुलाई उद्धार गरिएको छ।
भारतीय नम्बर प्लेटको यात्रुवहाक बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो।
सशस्त्र प्रहरीका सहप्रवक्तासमेत रहेका डिएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।
कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए।
उनकाअनुसार बसमा भारतीय नागरिकहरू रहेका थिए। बसमा करिब ४० जना यात्रु रहेको अनुमान छ।घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार तीब्र पारेको छ ।


