Yug Post

यी हुन उत्कृष्ट भएका २५ मध्ये माओवादीले नेतृत्व गरेका ११ स्थानीय तह

Advertisement

संघीय मामिला तथा सामान्य विकास मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) अनुसार देशभरका ७४९ स्थानीय तहहरुलाई गरिएको मुल्यांकनमा उत्कृष्ट भएका २५ गाउँपालिका मध्ये सबैभन्दा बढी ११ वटा नेकपा (माओवादी केन्द्र )ले नेतृत्व गरेका स्थानीय तह रहेका छन्। । त्यस्तै नेपाली कांग्रेस र नेकपा( एमाले) नेतृत्व गरेका सात सात वटा स्थानीय मात्र उत्कृष्ट २५ मा परेका छन् ।
संघीय मामिला तथा सामान्य विकास मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)को आ व २०७९/८० नतिजा २०८१ भदै ६ गते सार्वजनिक गरेको थियो । जस अनुसार निलकण्ठ नगरपालिका धादिङले प्राप्त अंक ९२:०० अंक प्राप्त गर्‍यो ,तिलोत्तमा नपा रुपन्देही ९२:००,रत्ननगर नगरपालिका चितवन ९१:००, खैरेनी नगरपालिका चितवन ८९:७५ ,वेनिघाट रोराङ्ग गापा धादिङ्ग ८७:२६,
रुरुक्षेत्र गापा गुल्मी ८७:००,गौडाकोट नपा ८७:०० , वुटवल उपमहानगर पालिका ८७:००,राप्ती गापा दाङ ८६:७५,अर्जुन चौपारी ८६:००, आबुखैरेनी गापा तनहुँ ८५ :०० , भगवती माई दैलेख ८५: २५, धुर्कोट गुल्मी ८५:००,लिसङ खुपार गापा सिन्धुपाल्चोक ८४:००,मरिन गापा सिन्दुली ८४:७५, म्याग्दे गापा तनहुँ ८४:२५,जलजला गापा पर्वत ८६:००, राजपुर गापा दाङ ८४:०० घोराही उपमहानगरपालीका ८५:२५,वुढिगंगा नपा बाजुरा ८४:५९,नौबहिनी गापा प्युठान ८५ :००,चन्द्रको गापा गुल्मी ८४:२५ नम्बर प्राप्त गरेका छन् ।
उत्कृष्ट २५ मध्ये ११ वटा गाउँपालिकाको नेतृत्व (माओवादी केन्द्र ) अध्यक्षहरुले गरेका छन् । जसअनुसार वेनिघाट रोराङ्गभएको छ, जसको नेतृत्व नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर थपलिया‘विवेक’ले गर्नुभएको छ । त्यस्तै माओवादी केन्द्रका यदु ज्ञवालीले नेतृत्व गरेको रुरुक्षेत्र गुल्मी, प्रकाश विष्टले नेतृत्व गरेको राप्ती गापा दाङ, शुक्र चुमानले नेतृत्व गरेको आवुखैरेनी तनहुँ, गणेशबहादुर थापाले नेतृत्व गरेको भगवतीमाई दैलेख,

त्यस्तै गरि विमर्श मोक्तानले नेतृत्व गरेको मरिण सिन्धुली, रिमालबाब श्रेष्ठले नेतृत्व गरेको शैलुङ्ग दोलखा, भुपाल पोख्रेलले नेतृत्व गरेको धुर्काेट गुल्मी, रमेश बाबु थापाले नेतृत्व गरेको शहिद लखन गोर्खा, युवराज केसीले नेतृत्व गरेको चन्द्रकोट गुल्मी र राजु लामा तामाङले नेतृत्व गरेको लिसङ्खुपाखा सिन्धुपाल्चोक उत्कृष्ट २५ गाउँपालिकामा परेका छन् ।

सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता, प्रवाह भइरहेका सेवा, सूचनाको हक लगायत विभिन्न सय वटा सूचकका आधारमा मूल्यांकन गर्ने गरिन्छ । त्यस्तै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिल गायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनका आधारमा मूल्यांकन गर्ने गरिएको छ ।
सोही मुल्यांकनमा अब्बल साबित गरेका देशभरका २५ स्थानीय तह मध्ये ११जना नेकपा ( माओवादी केन्द्र )बाट निर्वाचित नेतृत्व रहेको र बाकी १४ तहमा मात्र कांग्रेस र एमाले पार्टीबाट निर्वाचित नेतृत्व रहेका छ्न। यो नतिजाले प्रष्ट हुन्छ कि माओवादीमा अन्य पार्टीका भन्दा सत्ता हाक्न सक्ने क्षमतावान मानिस छन् । सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई अगाडि लैजान सक्छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search