Skip to main content

Yug Post

प्रमुख समाचार

रोल्पाको त्रिवेणी गाउँपालीका ३ नम्बर  वडामा  तरकारीको बिउबिजन बितरण

रोल्पाको त्रिवेणी गाउँपालीका ३ नम्बर वडामा तरकारीको बिउबिजन बितरण

टेक मगर रोल्पा ।रोल्पाको त्रिवेणी गाउँपालिका-३ लिङ्दुङमा ३ नं वडाले तरकारीको बिउबिजन हरू वितरण गरिएको छ। त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमनि डाँगी र ३ नम्बर वडा कार्यालयकी वडा-अध्यक्ष तिलकुमारी ओली द्वारा वडाका किसानहरूलाई बिउभिजन वितरण गर्नुभएको छ। मन्दिर सिमी, टमाटर (हिमसोना ), खोर्सानी (नेपा हट), खुर्सानी (कर्मा), भेडे खुर्सानी (क्यालिफोर्निया), काउली (ह्वाइट कप), काउली (ह्वाइट टप), बन्दा (ग्रिन क्रोनिट) र बन्दा (नेपा ग्रिन) तरकारीको बीउहरू ३१५ घरधुरी लाई वितरण गरेको छ। वडापालिकाले ५०% अनुदानमा उक्त बिउभिजनहरू वितरण गरेको हो। कार्यक्रममा बिउभिजन वितरणप्रति वडाबासी सकारात्मक रहेको वडाका किसानहरूले बताएका छन्। बिउभिजन जस्तै औषधिहरू, रासायनिक मल र औजारहरू उपलब्ध गराउन पनि किसानहरूले अनुरोध…
Read More
रोल्पाको त्रिवेणी गाउँपालिकामा ७ औं रास्ट्रपति  रनिङ शिल्डको भयो उद्घाटन

रोल्पाको त्रिवेणी गाउँपालिकामा ७ औं रास्ट्रपति रनिङ शिल्डको भयो उद्घाटन

टेक मगर रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा ७ औं रास्ट्रपति रनिङ शिल्डको भयो उद्घाटन रोल्पाको त्रिवेणी गाउँपालिका-५ जुगारमा ७ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भएको छ । "स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ त्रिवेणी गाउँपालिका जुगारमा उद्घाटन गरिएको हो । रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिवेणी गाउँपालिका भित्रका १२ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेकोे थियो । प्रमुख अतिथि त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाठाले दिप प्रजनल तथा ब्यानर बाचन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियोे । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वविधान, राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व, जिल्ला खेलकुद विकास समितिको समन्वयमा, जन जागृती माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका…
Read More
रोल्पाको त्रिवेणीमा भयो पुन; आन्दोलन सुरू

रोल्पाको त्रिवेणीमा भयो पुन; आन्दोलन सुरू

टेक मगर ,राेल्पा  / राेल्पाकाे त्रिवेणी  गाउँपालिका ३ मा रहेको चुनढुङ्गा खानी मा आन्दोलन भएको छ। आन्दोलनको जानकारी हुँदा पनि अटेरी गरी बिहान खानी सञ्चालन गरिएकाे थियो। २२ गतेका दिन साँझ जानकारी दिए  पनि अटेरी गर्दै २४ गते दिन बिहान खानी सञ्चालन गरिएकाे थियो। खानी सञ्चालन गर्दा स्थानियले खानीमा गर्ने काम सबै स्थानियले रोकेका छन्। उक्त खानीले १० दिनको समय मागेको छ। तर स्थानीयको १० दिन सम्म खानी नै स्थगित गर्ने र १० दिन पछि पूर्ण आन्दोलन गर्ने माग छ। पटक पटक झुट्टा आश्वासन दिदा  स्थानीय निकै आक्राेशमा  आएको छन्। पटक पटक खानीले आश्वासन दिदै आएको कारण समय मै माग…
Read More
त्रिवेणीमा बाल क्लब सञ्जालले गर्यो जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम 

त्रिवेणीमा बाल क्लब सञ्जालले गर्यो जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम 

टेक मगर राेल्पा / राेल्पाकाे त्रिवेणी गाउँपालिका मा रहेको पालिकास्तरीय बाल क्लब सञ्जालले पालिकाको जनप्रतिनिधिसँग बालबालिकाका सवालका बारेमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। बाल क्लब सञ्जालका पदाधिकारीहरूले बालबालिकाका सवाल र समस्या सुनाउँदै समाधानका लागि जनप्रतिनिधिहरूलाई अनुरोध समेत गरेका छन्। गाउँपालिका भरिमा बालमैत्री वातावरणका लागि थप पहल गर्न अनुरोध गर्दै बालबालिकाहरूले जनप्रतिनिधिहरुलाई बालबालिकाका सवालमा प्राथमिकता दिन अनुरोध गरेका हुन्। पालिका स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष अमृता पुनको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरूले बालबालिकाले उठाएका सवालप्रति गम्भीर रहेको बताउँदै ती मागहरू पूरा गर्न प्रतिबद्धता जनाउनुभएको थियो। कार्यक्रममा ५ नं. वडाका वडा-अध्यक्ष कृष्णबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराइ, उपाध्यक्ष लेखमणि…
Read More
दाहालको पार्टीले जितेका पालीकामा समाजवादी मोडेल लागू गर्ने प्रस्ताव पास

दाहालको पार्टीले जितेका पालीकामा समाजवादी मोडेल लागू गर्ने प्रस्ताव पास

काठमाडौँ —माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले जितेका १२३ पालिकामा समाजवादी मोडेल अघि सार्ने प्रस्ताव पास भएको छ। काठमाडौंमा आज सम्पन्न केन्द्रीय समिति बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘स्थानीय सरकारलाई समाजवाद उन्मुख बनाउने’ १३ बुँदे प्रस्ताव सर्वमतले पास गरेको छ। ‘पालिकाहरूमा स्थानीय पार्टीले छाया सरकारको अवधारणा अन्तर्गत योजनाबद्ध रूपमा जनतासँग जोडिएका जनसेवा, सुधार र विकासका कामहरू गर्नुपर्छ,’ दाहालको राजनीतिक प्रस्तावमा भनिएको छ, ‘स्थानीय पालिकाले गर्नुपर्ने बजेट निर्माण, विकास योजनाका कार्यहरूमा आफ्नो तर्फबाट पनि तयारी गरी आफ्नो जनप्रतिनिधि भए जनप्रतिनिधिमार्फत र पार्टीको तर्फबाट ज्ञापनपत्र मार्फत पालिकालाई त्यसको निम्ति माग गर्नुपर्दछ । त्यसलाई जनता माझ सार्वजनिकीकरण गर्नुपर्दछ ।’ उनले आर्थिक, अन्य अनियमितता हुन…
Read More
प्रधानमन्त्रीओलीले भने : स्वास्थ्य बिग्रिएकाे मान्छे म, कतिबेला पुक्लुक्क जान्छु थाहा छैन।

प्रधानमन्त्रीओलीले भने : स्वास्थ्य बिग्रिएकाे मान्छे म, कतिबेला पुक्लुक्क जान्छु थाहा छैन।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य बिग्रिएकाे मान्छे म, कतिबेला पुक्लुक्क जान्छु थाहा छैन। जारी केन्द्रीय कमिटी बैठकमा मंगलबार केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले यस्ताे बताएका हुन्। उनले सन्तान नै नभएको आफूलाई केकाे पैसा चाहिने भन्दै प्रश्न पनि गरे। स्वास्थ्य बिग्रिएकाे मान्छे म, कतिबेला पुक्लुक्क जान्छु थाहा छैन। मलाई स्वीस बैंकमा पैसा लुकाएकाे छ भनियाे, बद्नाम गर्न खाेजियाे। सन्तान नै नभएकाेलाई पैसा धेरै किन चाहियाे?’ ओलीले भने। अहिले ओलीले केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिइरहेका छन्।  ओलीमाथि भीम रावलल, विन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई गरिएको कार्वाही र मीनबहादुर गुरुङबाट जग्गा दान लिने निर्णय गलत भएको भन्दै…
Read More
माओवादी केन्द्रले भ्रष्टाचार बिरोधि अभियानलाई राष्ट्रिय अभियानका रूपमा अगाडी  बढाएको छ :प्रचण्ड

माओवादी केन्द्रले भ्रष्टाचार बिरोधि अभियानलाई राष्ट्रिय अभियानका रूपमा अगाडी बढाएको छ :प्रचण्ड

विराटनगर —नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रले भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाएको र यस अभियानमा जनताको साथ थपिएमा भ्रष्टाचार मुक्त नेपाल निर्माण सम्भव रहेको उद्घोष गरेका छन् । केपी ओलीको जिल्ला झापाको झापाको गौरीगञ्ज गाउँपालिकामा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले त्यस्तो उद्घोष गरेका हुन् । दाहालले २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे । उनले पछिल्लो उपनिर्वाचनमा कोशी प्रदेशमा माओवादी पहिलो पार्टी बनेको उदाहरण पेस गर्दै उनले अब माओवादी एक्लै चुनाव लड्न सक्ने हैसियतमा पुगेको र कांग्रेस वा एमालेसंग मिल्न जरुरी नरहेको जनाए । ‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित…
Read More
जन जागृति मा.वि जुगारले गर्यो दोस्रो त्रैमासिक परीक्षा को नतिजा प्रकाशन

जन जागृति मा.वि जुगारले गर्यो दोस्रो त्रैमासिक परीक्षा को नतिजा प्रकाशन

रोल्पाको त्रिवेणी गाउँपालिका ५ जुगारमा जन जागृति मा.वि जुगार मा दोस्रो त्रैमासिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालक कुलानन्द खड्काले गर्नुभएको थियो भने कार्यक्रमको सभाध्यक्षमा शिक्षक अभिभावक सङ्घका अध्यक्ष ज्योति प्रसाद घर्ती रहनुभएको थियो। प्रमुख अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर केसी रहनुभएको थियो। स्वागत मन्तव्य राख्नुहुदै विद्यालयका प्रधानाध्यापक ले अभिभावकहरुको उपस्थिति देखेर विद्यालय परिवार सकारात्मक रहेको बताउनुभयो। अभिभावकहरूको गरिमामय उपस्थितिका लागि धन्यवाद ज्ञापन पनि व्यक्त गर्नुभएको थियो । अभिभावकहरुले विद्यार्थीहरूलाई मानसिक तनाव नदिन पनि आग्रह गर्नुभएको हो । अहिले काे रिजल्ट लाई हेरेर विद्यार्थीहरुलाई तनाव नदिन आग्रह गर्नुहुँदै विद्यार्थीहरू के कारणले उ कमजोर…
Read More
जनयुद्धमा बगेको आशु पसिना रगत र वलीदानको प्रतीक स्थानीय तह हो :वर्षमान पुन

जनयुद्धमा बगेको आशु पसिना रगत र वलीदानको प्रतीक स्थानीय तह हो :वर्षमान पुन

माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन संघीय सांसद तथा पुर्व अर्थमन्त्री वर्षमान पुन बाट आज उदघाटन भएको छ। आज एक उद्घाटन समारोह गरेर माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन संघीय सांसद तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले उदघाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै ´ उनले नेपालको भौगोलिक बिबिधता जातीय बिबिधता सांस्कृतिक बिबिधताका आधारमा संघीयता लिएको बताए ।` उनले भने ´संघीय सरकारको प्रतीक सिंहदरबार प्रदेश सरकार को प्रतीक देउखुरी र स्थानीय सरकारको प्रतीक घर्तीगाउँको यो भवन हो भने अर्काेतिर जनयुद्ध जनआन्दोलनमा बगेको पसिना ,आशु ,रगत र बलीदानको प्रतीक हो ।` आफू अर्थमन्त्री हुँदा सहिद मार्गको घोराही -होलेरी खण्डका लागी छुट्टयाइएको १अर्ब २५…
Read More
माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन निवर्तमान अर्थमन्त्री  वर्षमान पुनबाट  आज उदघाटन हुँदै  ।

माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन निवर्तमान अर्थमन्त्री वर्षमान पुनबाट आज उदघाटन हुँदै ।

माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन संघीय सांसद तथा पुर्व अर्थमन्त्री वर्षमान पुन बाट आज उदघाटन हुँदै । आफ्नो निर्वाचन क्षेत्रमा कमै समय दिने गरेको भनेर आरोप लाग्ने गरेका वर्षमान पुन पछिल्लो समय रोल्पाको कुनाकन्दरामा पुगेर मतदाताको कुरा सुन्ने देखी सिस्नो ढिडो खाई राखेका छन् । त्यस्तै गरि निर्माणाधीन योजनाको अनुगमन र सम्पन्न योजनाको उद्घाटन गरीरहेका छन् । माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन संघीय सांसद तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आज उदघाटन गर्दैछन् । रोल्पाको १० स्थानीय तह मध्ये आफ्नै भवन बनाउन सफल माडी सातौं स्थानीय तहमा पर्छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search